Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म चाहान्छु निर्वाचनमा विजयीको सुरुआत प्रचण्डको गृहजिल्लाबाटै होस् : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २६ २०७९
  • 2.7K
    SHARES

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताए ।

राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्छ । नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना मेरो छ ।”

ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उनले बताए । प्रधानमन्त्री देउवाले भने, “यसलाई अझबढी एकताबद्ध बनाउने भन्ने हो ।” यसैका लागि अहिले गठबन्धनको सरकार रहेको र भोलि पनि हुनुपर्ने उनले बताए ।

गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने उनको विश्वास थियो । उनले भने, “गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने विश्वास लिएको छु ।” अहिलेको संविधानमा मनपरि तरिकाले संसद् विघटन गर्ने अधिकार नभएको उल्लेख गर्दै उनले भने, “अहिलेको संविधानमा मनपरी तरिकाले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुई पटक विघटन गरेको उल्लेख गर्दै उनले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताए । उनले भने, “हामीले त्यसको खिलापमा संसद् फिर्ता ल्याउने काममा लाग्यौँ, सफल भयौँ ।”

स्थानीय तहको निर्वाचनमा यहाँबाट विजयको सुरुआत भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घकको निर्वाचनमा पनि विजयीको सुरुआत चितवनबाटै होस् भनेर आफू यहाँ आएको बताए। विजयीको जस पनि चितवनका जनताले लिन पाउने उनले बताए । प्रधानमन्त्री देउवाले नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला र ऐतिहासिक महत्व बोकेको ठाउँ भएकाले चितवनको महत्व निकै ठूलो भएको उनले बताए ।

जिल्लाका तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै उनले गठबन्धनको उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे । उनले आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै सबैलाई इमान्दारिताका साथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेपछि पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन जिताएपछि कारबाही फिर्ता गर्ने आश्वासन दिए । उनले भने, “चुनाव जिताएकै भोलिपल्ट कारबाही फिर्ता गर्छु ।” देउवाले कसैलाई पनि कारबाही गर्ने मन आफूलाई नभएको बताए । तत्कालीन पार्टी सभापति सुशील कोइरालासँग बागी उम्मेदार बनेपछि कोइरालालाई पार्टीले कारबाही गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४