Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव लड्न गए पनि मेरो घर चितवन नै हो : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २६ २०७९
  • 2.7K
    SHARES

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा गोरखा गए पनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्तारुढ गठबन्धनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको स्मरण गराएका छन्  ।

म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो, यहाँको विकास निर्माणमा मेरो सहयोग चासो चिन्ता जारी रहन्छ’ उनले भने, ‘जे पूर्वाधार सुरु भएका छन् । त्यसलाई पूरा गर्न म हमेसा लागिरहन्छु ।’

उनले गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न पनि आग्रह गरेका छन् । ‘चितवनसँगको सम्बन्ध रहिरहनेछ, हिजो पनि थियो, भोलि पनि रहनेछ’ प्रचण्डले भनेका छन् । उनले सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न पनि आग्रह गरेका छन्  ।

प्रचण्डले चितवन–३ मा राम्रो उत्तराधिकारी पाएकामा आफू खुशी रहेको पनि बताएका छन्  । त्यस क्षेत्रबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । ‘उहाँ सामाजिक सेवामा पहिचान बनाइसकेको, कसैको आँखामा हालेपनि नबिझाउने खालको भएको व्यक्ति भनेका छन् । निकै नजिकबाट दुख कष्ट देखेर आएको मान्छे हुनुहुन्छ, मलाई बडो आत्मसन्तुष्टि भएको छ’ प्रचण्डले कार्यक्रममा भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४