Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राकाथुमको समस्याको बारेमा गुम्देल र गौश्वारामा बोलेको छु, निर्वाचित भएपछि सबै पुरा गर्छु- कान्छाराम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २५ २०७९
  • 4.3K
    SHARES

काठमाडौं । रामेछापबाट लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले राकाथुमको समस्या समाधानको लागि निर्वाचित भएपछि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले खाँडादेबीको राकाथुममा आयोजना गरेको चुनावी सभामा भनाइ राख्ने क्रममा काँग्रेस पार्टी सभापति समेत रहेका उम्मेद्वार तामाङले राकाथुमको भौतिक विकास देखि सामाजिक विकासका हरेक समस्याका बारेमा आफू जानकार रहेको बताउँदै गठबन्धनका उम्मेद्वारले जितेपछि समग्र विकासको लागि प्रतिबद्ध भएर लाग्ने बताएका हुन् ।

मंसिर ४ नजिकिदै गर्दा आफूहरुको जित नजिक भइसकेको दाबी गर्दै उम्मेद्वार तामाङले मंसिर ४ पछिको‌ पाँच बर्षको समयमा रामेछापको विकासमा समर्पित हुने धारणा राखे । पुर्ण बहादुर तामाङ (कान्छाराम) ले एमालेका उम्मेद्वारहरुले हार स्वीकार गरेर प्रतिनिधि सभा र प्रदेश सभाका तीनै जना उम्मेद्वारहरु गाउँ छोडेर काठमाण्डौ पसेको आरोप लगाए ।

त्यस्तै बागमती प्रदेश सभा सदस्यको लागि रामेछाप प्रदेश सभा (ख) बाट उम्मेद्वार रहेका युवराज चौलागाईले आफूहरुको जित निश्चित भएको धारणा राख्दै आगामी पाँच वर्षको अवधिमा जिल्लाको विकासमा उल्लेखनिय परिवर्तन हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४