काठमाडौं । बझाङको थलारा गाउँपालिकामा भुकम्पका कारणले १२ वटा घरमा पूर्णरूपमा क्षति भएको छ । मंगलबार राति गएको भुकम्पले थलारा गाउँपालिका( ९ मा ७ घर वडा नम्बर ७ मा १ वडा नम्बर ८ मा १ वडा नम्बर ५ को कोटफेरामा २ र वडा नम्बर ४ मोयलमा १ गरि जम्मा १२ घरमा पूर्णरूपमा क्षति भएको हो । थलारा गाउँपालिका-९ मा अम्भु दमाई,तिलु दमाई,,हौंसा चनार दिपु सिंह मोहनराज जैशी,बिश्व खत्री, श्याम बहादुर सिंहको घरमा पूर्णरूपमा क्षति पुगेको वडा अध्यक्ष लोकेन्द्र बिष्टले जानकारी दिए । भुकम्पले घरमा लगेपछि आफूलाई कहाँ बस्ने भन्ने चिन्ता बढेको त्यहाँका स्थानीयहरू बताउँछन् । आज विहानैदेखि टोलटोलमा पुगेर अनुगमन गर्दा वडाभित्र ७ घर १२ सौचालय पूर्णरूपमा र एक सय घर भन्दाबढीमा आंसिक क्षति भएको अध्यक्ष बिष्टले बताए ।
त्यस्तै थलारा गाउँपालिका-७ मा भुकम्पकै कारण एक घरमा चिराचिरा परेको छ । थलारा गाउँपालिका-७ गोठीकि एक महिला बेलमती जैशीको घरमा चिराचिरा परेर बस्न लायक नरहेको हो । गएराति २ बजेर १२ मिनेटमा गएको भुकम्पले जैशीको घरमा चिराचिरा परेको छ भने मानवीय क्षति भने नभएको भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रदेव ओझाले जानकारी दिए । जैशीका छोरा छैनन् उनको साथमा छोरीपट्टीका एउटा नाति र एउटा नातिनि रहेका छन । जैशीले भनीन् राति सुति रहेकी थिए एक्कासी भुइचालो आयो दौडिएर बाहिरी निस्के, त्यहीँ भुइचालोले मेरो घर चिराचिरा पारिदियो , घरमा चिराचिरा परेपछि छिमेकीको घरमा बसेको उनले सुनाइन् । उनले गहभरि आँसु झार्दै भनिन् अब म कहाँ बस्ने रु छोरा भए त घर लगाउँछ भन्ने आस हुन्थ्यो छोरा छैन , भएको घर बस्ने अवस्थाको रहेन ।
उनीले एउटा गाई र बाख्रा पालेकी छन् ती पनि कहाँराख्ने भन्दै उनी अहिले चिन्तित बनेकी छन् । उक्त गाउँमा मात्रै १२ वटा घर भुकम्पले चर्किएका छन् । थलारा गाउँपालिका (७ का वडा सचिव समेत रहेका मनिराम पाध्यायको तीन भाइको संयुक्त घर पनि चर्किएको हो । सोही वडाको घोडादाउँनामा २ र आठविसका ३ घर पनि चर्किएको जानकारी वडामा आएको वडा सचिव पाध्याले बताए । उनका अनुसार भवानी माध्यमिक विद्यालय माडौंकाट्नेको एउटा नंया र एउटा पुरानो गरि २ भवन चर्किएका छन् । त्यस्तै थलारा गाउँपालिका-८ पण्डित गाउँका बिछु पार्कीको घर भुकम्पले क्षति गरेपछि बस्न लायक समेत रहेको छैन । भने सोही ठाउँका खगेन्द्र जोशीको घरको तल्लो भाग भत्किएको छ । क्षति भने केही भएको छैन । सोही ठाउँकि कृष्णा देवी पण्डितको घर पनि चर्किएको छ । पण्डित राति सुतेको बेलामा शरीरमा ढुङ्गा खस्दा बायाँ हात र कम्मरमा सामान्य चोट लागेको छ ।
बिस्खेतका दलित टोलीको घर पर्खाल चर्किएको छ। उनहरू उच्च जोखिममा रहेका छन् , त्यस्तै कविता ओझा नित्यानन्द जोशी लेखराज जोशीको घरपनि चर्किएका वडा अध्यक्ष टिकाराज जोशीले बताए । वडा अध्यक्ष जोशीले बिहानैदेखि वडा भित्रका टोलटोलमा पुगेर त्यहाँको अवस्था बारे बुझेका थिए । उनले भने अब भुकम्प आए भने सबै चर्किएका सबै घर भत्किने सम्भावना बढेको छ। यस्तै थलारा गाउँपालिका मा रहेका शान्ति माध्यमिक विद्यालय पाराकाट्ने र थलारा माध्यमिक विद्यालयका साथै अन्य विद्यालयका भवनहरू आंशिक रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय थलाराले जनाएको छ । थलारा माध्यमिक विद्यालयको छात्रा आवास भवन र अर्को पक्की भवनमा पनि पूर्णरूपमा क्षति भएको छ । अझ भुकम्प आउँछ भन्दै भ्रामक समाचार फैलाएका नडराउन थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले आग्रह गर्नु भएको छ । अध्यक्ष रोकायाले क्षति भएका गाउँपालिका बासीलाई नआत्ती बस्न भन्दै छिट्टै उचित राहतको पालिकाले व्यवस्था गर्ने पनि बताए ।