Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्द्रमणि एक्लै ढुक्क, कुसुमलाई गठबन्धनको भर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २४ २०७९
  • 6.4K
    SHARES

काठमाडाैं। ४ मंसिरमा हुने निर्वाचनमा धनकुटाको प्रदेश सभा-२ पूर्वसांसद इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । पराजुली २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने श्रेष्ठ समानुपातिक पद्धतिबाट निर्वाचित भएकी थिइन् । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण इन्द्रमणिले सहज ढंगले चुनाव जितेका थिए । तर, यसपटक माओवादी केन्द्रकी उम्मेदवार श्रेष्ठलाई नेपाली कांग्रेसले साथ दिएको छ । एमालेको धनकुटा जिल्ला अध्यक्ष पराजुली दोस्रो पटक प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा छन् । प्रदेश सभा २ मा पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका, छथजरजोरपाटी गाउँपालिका, शहीदभूमि गाउँपालिकाको वडा नं ४ र ५ र धनकुटा नगरपालिकाको वडा नं. २ पर्छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले पाख्रीबास नगरपालिकाको प्रमुख, उपप्रमुखसहित सबै वडामा जित हासिल गरेर क्लीन स्वीप गरेको थियो ।

शहीदभूमि गाउँपालिकाको वडा नं. ४ र ५ पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका थिए । छथरजोरपाटी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ५ वडामा एमाले र एउटा वडामा माओवादीले जितेको थियो । महालक्ष्मी नगरपालिकामा पनि मेयर उपमेयरसहित अधिकांश वडामा नेकपा एमालेकै उम्मेदवारले जित हासिल गरेका छन् । जसको कारण पनि इन्द्रमणिलाई चुनाव जित्न सहज बनेको थियो । तर २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम भने अघिल्लोभन्दा धेरै नै फरक छ । पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको नेतृत्व र अधिकांश वडामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

२०७४ सालमा पराजुलीले जसपामा नेता अर्जुन थापालाई १२ हजार ४२० मतान्तरले पराजित गरेका थिए । उनले २० हजार ५५१ मत ल्याएर विजयी बन्दा थापाले ८ हजार २३१ मत ल्याएका थिए । पराजुलीले धनकुटेली जनताले अघिल्लो पटकजस्तै यो पटक पनि जिताएर पठाउने बताएका छन्  । उनले धनकुटालाई शिक्षा र स्वास्थ्यको हब बनाउने उनले योजना सुनाएका छन । यसपालिको निर्वाचनमा माओवादीका पोलिटव्यूरो सदस्य तथा धनकुटा इञ्चार्ज हेमराज भण्डारी पाटी परित्याग गर्दै प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

माओवादीका कतिपय नेताले भण्डारीलाई साथ दिएका छन् । तर माओवादी नेता श्रेष्ठ भने धनकुटामा माओवादी पार्टीलाई यो घटनाले धेरै प्रभावित नपारेको बताउँछिन् । ‘केही प्रभाव त परेकै छ तर माओवादीमा भित्र नेता कार्यकर्ताको बलियो उपस्थिति छ’ उनले भनिन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन बलियो रहेको कारण जितको आधार यही रहेको उनी बताउँछिन् । ‘मैले समानुपातिक सांसद हुँदा पनि धेरै काम गरेको छु’, उनले भनिन्, ‘उनले भनिन् अब प्रत्यक्ष सांसद जितेर काम गरेर देखाउनेछु । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि बालानन्द दाहालले प्रदेश सभा-२ मा बागी उम्मेदवार दिएका छन् । उनलाई कांग्रेस धनकुटाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । तैपनि उनले कांग्रेसको केही मत प्रभावित पार्न सक्ने नेताहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४