Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिल्ला निर्वाचनको मिडिया अभिमुखिकरण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २२ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई कसरी निश्पक्ष,पारदर्शी र मिडिया मैत्री बनाउन सकिन्छ भन्ने उदेश्यले जिल्ला निर्वाचन कार्यालय रामेछापले आईतवार मन्थलीमा जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन अघि र पछिको समयमा सञ्चार माध्यमहरुले खेल्नु पर्ने भूमिकाको बारेमा जानकारी दिने र निर्वाचन प्रयोजनका लागि सञ्चार माध्यमहरुको समुचित प्रयोगलाई कसरी सकरात्मक बनाउन सकिन्छ र त्यसका लागि पत्रकारहरुको गुनासाहरु भए त्यसको पनि सम्बोधन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षता एबं मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रमका अध्यक्ष एबं सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले आचार संहिता पालना गर्नु सबैको कर्तब्य भएकोले पत्रकारहरुले आफुले पनि आचार संहिता पालना गर्नुपर्ने र अरुले पालना गरे नगरेको पनि अनुगमन गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।

कार्यक्रमका अबसरमा बोल्दै मुख्य निर्वाचन अधिकृत शर्माले निर्वाचनलाई प्रभावकारी ढंङ्गबाट सम्पन्न गर्न पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने हुँदा त्यसका लागि आबश्यक सहयोग गर्नका लागि पनि आग्रह गर्नु भयो । सबै पत्रकार हरु संँग अनुरोध गर्नुभयो । उँहाले भन्नुभयो – मिडिया र निर्वाचनको सम्बन्ध नङ र मासुको जस्तै हुने भएकोले निर्वाचनमा संचार माध्यमहरुको मिडियाहरुको प्रयोगलाई सकरात्मक तरिकाले उपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अबसरमा जिल्ला निर्वाचन अधिकृत मधुकर शाहले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले केन्द्र र जिल्ला तहमा हाल सम्म गरेको बस्तुगत प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी उहाँले निश्पक्ष निर्वानका लागि आयोग र मिडियाको सम्बन्धी निर्वाचनका वेला पत्रकारहरुले पालना गर्नुपर्ने आचारसंहिताका वारेमा जानकारी गराउनुभएको थियो ।

उहाँँले निर्वाचनलाई स्वच्छ,निश्पक्ष ढंगवाट सम्पन्न गर्न सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गर्नुभयो । उहाले भन्नुभयो– “निर्वाचनका धेरै कामहरु भैसकेका छन् अब कर्मचरी परिचालन र निर्वाचनका आबश्यक सामाग्री मतदान केन्द्र सम्म ढुवानी गर्न मात्र बाँकी रहेको बताउनुभयो ।”कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले निर्वाचनमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुको भुमिका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष टिका प्रसाद भट्टले निर्वाचन आचारसंहिता सबैले पालना गर्नु पर्ने भएपनि अधिकांस दल र सञ्चारमाध्यमहरुले पालना नगरेको भन्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । रामेछाप जिल्लामा ९६ मतदान स्थलका २२६ वटा मतदान केन्द्रबाट मतदान स्थलवाट १ लाख ८३ हजार ३ सय ९ जनाले मतदान गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४