Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसभित्रका बागी र अन्तर्घातको खोज्दै एमाले


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २२ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सत्ता पक्ष र विपक्षी गठबन्धनबीच हुने प्रतिस्पर्धामा विषेश गरेर नेकपा एमालेले कांग्रेसभित्रको अन्तर्घातलाई बढीभन्दा बढी उपयोग गर्ने रणनीति लिएको छ । कांग्रेसमा केन्द्रीय तहका प्रभावशाली नेताहरुलाई नै हराउन हुनसक्ने अन्तर्घातको उपयोग गरेर गठबन्धनलाई नै ९० सीटभित्र खुम्च्याउने रणनीति एमाले अध्यक्ष केपी शर्मा ओलीले अंगिकार गरेको बताइन्छ ।

विगतका निर्वाचनमा आफ्नै पार्टीका बागी उम्मेदवारको चुनौती झेल्दै आएको कांग्रेसले यस पटक पनि धेरै बागीको सामना कम गर्नुपर्ने देखिएको छ । यसलाई विपक्षी एमालेले चुनावमा केही सीट बढाउने गतिले अस्त्रका रुपमा लिएको छ । टिकट वितरणका क्रममा देखिएको तीव्र असन्तुष्टि र गुटगत प्रतिस्पर्धाका कारण कांग्रेसमा अन्तर्घातको सम्भावना विगतभन्दा यो पटक बढी हुने सम्भावना देखाएको छ । कतिपय क्षेत्रमा शेखर कोइराला पक्षलाई बढी अन्तर्घात हुने स्थिति देखिएको कांग्रेस नेताहरुकै अनुमान छ ।

सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार कांग्रेसले प्रतिनिधिसभाका ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये केही ठाउँमा कांग्रेसका आफ्नै बागी उम्मेदवार बलिया देखिएका छन् । देशभरका सबैजसो जिल्लामा कांग्रेसका संस्थापन र इतर दुई गुट अस्तित्वमा रहेको छ । केन्द्रमा जस्तो नेतापिच्छेका अलगअलग गुट र गुटभित्रका पनि उपगुट अधिकांश जिल्लामा सक्रिय देखिएका छन् ।

केन्द्रीयस्तरमा प्रभाव राख्ने एकएक नेता समातेर हरेक जिल्लामा नेताहरूले आ–आफ्ना गुट चलाइरहेका छन् । संस्थापन समूहका पनि छुट्टाछुट्टै गुटहरू छन् । जसमा सभापति शेरबहादुर देउवानिकट गुटको नेतृत्व हरेक जिल्लामा छ । यी गुटहको अवस्था बुझेर सकेसम्म खेल्न ओलीले स्थानीय नेताहरुलाई निर्देशन दिएका छन् । कांग्रेसमा यसरी देखिएका गुटैगुटका कारण पार्टीका आन्तरिक चुनावमा विपक्षी उम्मेदवारलाई निकै ठुलो फाइदा पुग्ने स्थिति सिर्जना हुँदै आएको स्थानीयहरू बताउँछन् ।

त्यस्ता प्रतिस्पर्धाहरू वडास्तरबाटै सुरु भएर जिल्लास्तरमा पुग्दा घमासान बन्ने गरेका छन् । गुट–उपगुटकै कारण कतिपय अवस्थामा जिल्लाका प्रभावशाली नेताहरू नै वडा तथा एकाइस्तरमै पराजित भएका उदाहरण पनि छन् । जसले विभिन्न खाले तुषको स्थिति देखापर्दै आएको स्थानीय जानकारहरूको बुझाइ छ । आन्तरिक चुनावका क्रममा गुटहरू बनाउने र त्यसमा हुने जितहारलाई लिएर आम निर्वाचनसम्म रोष प्रकट गर्ने स्थिति विगतमा देखिएको र भनिँदै आएको इतिहास छ । जुन कतिपय अवस्थामा गलत हल्ला मात्रै भए पनि आंशिक सत्यता धेरैमा देखिएको छ ।

यसपटक कांग्रेसभित्रको यस्तो विभक्त स्वरूपको फाइदा लिने रणनीतिमा विपक्षी छन् । कैलाली कै कुरा गर्ने हो भने एमाले र नागरिक उन्मुक्ति पार्टी बढी सक्रिय देखिन्छन्। विशेषगरी निर्वाचन क्षेत्र नम्बर १ र २ मा यस्तो अभ्यास देखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसभित्र बढी असन्तुष्टि देखिन्छ । कांग्रेसभित्र रहेका अनेक अप्ठ्यारामध्ये पहिलो केन्द्रीय सदस्यमा मनोनीत नगरेको भन्दै बिच्किएका पूर्वसांसद एवं पूर्वकेन्द्रीय सदस्य पार्वती डिसी चौधरीले पार्टी छाड्नु रहेको छ । उनी अहिले नागरिक उन्मुक्ति पार्टीको समानुपातिक बन्दसूचीमा परेकी छन् ।

उता सिट बाँडफाँटमा क्षेत्र नम्बर १ नेकपा एसलाई दिइएको भन्दै कांग्रेसभित्र अर्को असन्तुष्टि छ । सोही क्षेत्रमा प्रदेशसभा (ख) मा तमाम पाका नेतालाई पाखा लगाएर खुमबहादुर खड्काका २८ वर्षीय छोरालाई उम्मेदवार बनाइएको भन्दै अर्को असन्तुष्टि छ । यी फरकफरक असन्तुष्टि मिलाउन हम्मेहम्मे परिरहेको सत्ता गठबन्धनका स्थानीय नेता–कार्यकर्ता बताउँछन् ।

सिन्धुपाल्चोक–२ धादिङ–२ मा पनि बागीले कांग्रेसलाई समस्या बनाएको छ । सर्लाही–४ मा पनि कांग्रेसका लागि चुनौती छ । जिल्ला सभापति नागेन्द्रकुमार रायविरुद्ध कांग्रेसकै निवर्तमान सांसद अमरेशकुमार सिंह र माओवादीका मधुमलाकुमारी यादव बागी उम्मेदवार छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी र लोसपा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

कांग्रेसलाई कारबाहीमा परेका पार्टीका पूर्वनेताहरू पनि चुनौती बनेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी (तनहुँ १) ले उम्मेदवारी दिएका छन् । पौडेल र पूर्वकांग्रेस नेता जोशीबीच लामो समयदेखि द्वन्द्व छ । गत स्थानीय निर्वाचनमा पनि जोशीले आफ्ना छोरा दीपकराज जोशीलाई कांग्रेसविरुद्ध उम्मेदवार बनाएका थिए । त्यस्तै कैलाली ५ मा कांग्रेसका आधिकारिक उम्मेदवार डिल्लीराज पन्तविरुद्ध कांग्रेसकै पूर्वसांसद पुष्करनाथ ओझा उम्मेदवार बनेका छन् । ओझा त्यहाँका पुराना नेता हुन् । ओझा २०७४ को निर्वाचनमा देउवापत्नी आरजु राणाविरुद्ध उम्मेदवार भएपछि कांग्रेसले कारबाही गरेको थियो ।

कांग्रेसविरुद्ध गठबन्धन दलका बागी पनि नगन्य छन् । कांग्रेसको भागमा परेका तीन स्थानमा मात्र माओवादीका बागी उम्मेदवार छन् । सर्लाहीबाहेक धनकुटा र सप्तरी–१ मा कांग्रेसविरुद्ध माओवादीका बागी उम्मेदवार छन् । धनकुटामा कांग्रेसले केन्द्रीय सदस्य सुनीलबहादुर थापालाई उम्मेदवार बनाएको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर करिब २ वर्षअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनीविरुद्ध माओवादीका हेमराज भण्डारी बागी उठेका छन् । उनी पार्टीका पोलिटब्युरो सदस्य हुन् । भण्डारीको उम्मेदवारीले थापालाई चुनौती बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४