Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ढकाललाई प्रचार गर्न नरोकेको डडेल्धुरा प्रशासनको स्पष्टिकरण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २२ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले आफूलाई प्रशासनले प्रचार प्रसारमा अवरोध गरेकोे बताएपछि डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले त्यसको खण्डन गरेको छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत हेमराज ढकालले विज्ञप्ति जारी गर्दै आचारसंहिता भित्र रहेर चुनाव प्रचार गर्न कसैलाई अवरोध नगरिएको दाबी गरेका हुन ।

विज्ञप्तिमा जिल्लाभित्र रहेका सबै उम्मेदवारको सुरक्षामा पनि कुनै कमी हुन नदिने दाबी पनि गरिएको छ ।

स्वतन्त्र उम्मेदवार ढकालले भने प्रहरीले आफूलाई माइकिङ गरेर चुनाव प्रचार गर्न रोकेर र राष्ट्रिय झण्डा प्रयोग गर्न पनि पाईदैन भन्ने गरेको बताएका छन् । प्रहरीले सडकमा मात्रै नभई डाँडामा गएर माइकिङ गर्दा पनि रोकेको उनको आरोप छ ।

जिल्लाको सिंगो प्रशासन देउवाको टाङमुनि छिरेको भन्दै उनले सोमबार सर्वसाधारणसँग गुहार मागेपछि भने प्रशासन केही हच्किएको बताइएको छ । प्रतिनिधि सभाको एक क्षेत्र मात्रै रहेको डडेल्धुरामा सत्ता गठबन्धनबाट प्रधानमन्त्री देउवा चुनावी मैदानमा हुनुहुन्छ भने नेपाली कांग्रेस वीपीबाट कर्ण मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल चुनावी मैदानमा रहेका छन् ।

विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४