Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैन : धर्मशास्त्रविद्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २२ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा धर्मशास्त्रविद्ले जोड दिएका छन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घरघरमा विशेषरुपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवम् कार्तिक स्नान गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीले कार्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन् ।

यस वर्ष असोज १४ गते अस्त भएको शुक्र मंसिर ६ गते उदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन । चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवम् वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए। केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नुहुन्छ कि हुन्न भनि दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउछन । तिथिअनुसार प्रत्येक वर्ष मनाइने चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवम् वृहस्पति अस्तले फरक नपर्ने उनले बताए । पुराण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवम् वृहस्पति अस्तका बेला गर्नु नहुने शास्त्रीय वचन छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनु पर्दैन । त्यसपछि भने अग्निे जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४