Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्तिक २२ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २२ २०७९
  • 3.1K
    SHARES

पञ्चाङ्ग
वि।सं। कार्तिक २२, २०७९ । ई।सं। ८ नोभेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलाथ्व । नल दक्षिणायन शरद । मंगलबार कार्तिक शुक्लपक्ष । तिथि( पूर्णिमा, १५स्५८ बजे उप्रान्त प्रतिपदा । नक्षत्र( भरणी, २६स्०० बजे उप्रान्त कृत्तिका । योग( व्यतीपात, २३स्०२ बजे उप्रान्त वरियान् । करण( वव १५स्५८ बजेदेखि वालव, २८स्०७ बजे उप्रान्त गर । चन्द्रराशि मेष । आनन्दादि योग मुसल । दिनमान २७।१४ । सूर्योदय ६स्२०। सूर्यास्त १७स्१३ । मन्वादि,कात्तिकस्नान समाप्ति, चर्तुमासव्रत समाप्ति, थानकोट वाणस्थली त्रिवेणी स्नान, वराहक्षेत्र धार्मिकमेला समाप्ति, सिलगढी शैलेश्वरीजाँत, गुरुनानक जयन्ती,निम्बार्काचार्य जयन्ती, सकिमनापून्हि, खग्रास चन्द्र ग्रहण ।

राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिले खर्च निम्त्याए पनि विशेष पुण्यकर्म सम्पादन हुनेछ। लामो यात्रा अथवा रमाइला ठाउँहरूको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। प्रवासमा मान–सम्मान पाइने समय छ। पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनुका साथै मनको डर उत्साहमा रूपान्तरित हुनेछ। आलोचकहरूले कमजोरी औंल्याउने हुँदा विशेष ध्यान दिनुहोला, पछिको संकट टर्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ काम र आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ। सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ। तर खर्च बढ्नाले रकम सञ्चय गर्न नसकिएला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। विशेष जिम्मेवारी हात पार्ने मौका छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा हिसाबकिताबमा होसियार रहनुहोला। सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च गर्नुपर्ला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूबाट केही सावधान भने रहनुपर्ला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मिहिनेतले फाइदा दिलाउनेछ। बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन होला। आजको कामबाट दिगो फाइदा हुनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४