Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिवि परिसर कीर्तिपुरमा चितुवासँग मोटरसाइकल ठोक्कियो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १८ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।

बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो । दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए । कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो । तर, पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हिजो आज सानो बच्चा सहितको चितुवा देखिन थालेको छ ।’

बच्चा सहितको यो चितुवाले कुकुरको शिकार गरेको समेत देखिएको पनि श्रेष्ठले सुनाए । उनले भने, ‘यो चितुवा यतातिर कुकुर मारिरहेको पनि देखिन्छ ।’ विश्वविद्यालय परिसरमा चितुवा देखिन थालेपछि साँझपख विश्वविद्यालय परिसरमा हिँडडुल गर्न डर लाग्न थालेको श्रेष्ठले सुनाए । जंगलमा आहाराको कमि भएपछि चितुवा मानव बस्तीतिर आहाराको खोजिमा आउने गरेको जानकार बताउँछन् ।

काठमाडौं आसपासका जंगलहरु चितुवाको बासस्थान भएको बताउँछन वन्यजन्तु विषयका जानकार युवराज भट्टराई । भन्छन्, ‘काठमाडौं आसपासका जंगल चितुवाको बासस्थान हो । बुढो, घाइते र बच्चा पाएका चितुवाहरु सजिलै मार्न सकिने शिकारको खोजीमा शहर छिर्छन ।’ यस्तै जंगलमा चिसो बढेकाले न्यानो खोज्दै चितुवा पारिलो ठाउँ खोज्ने क्रममा पनि झुक्किएर शहर छिर्ने गरेको वन्यजन्तु विज्ञहरु बताउँछन् । वन तथा भु–संरक्षण विभागकी वन्यजन्तु संरक्षण शाखाकी वन अधिकृत सबनम पाठकले भाले चितुवाबाट जोगाउनका लागि माउ चितुवा बच्चासहित शहर नजिकका जंगल छिर्ने गरेको बताइन ।

भन्छिन्, ‘भाले चितुवाबाट बच्चा जोगाउन माउ चितुवा शहर नजिकका जंगल छिर्छन् ।’ बच्चा साथमा भएको माउ चितुवा अन्य चितुवाभन्दा बढी आक्रामक हुने पनि उनले सुनाइन् । विश्वविद्यालय परिसरमा देखिएको चितुवालाई जंगल पठाउन विभागले काम सुरु गर्ने पनि उनले सुनाइन । उनले भनिन्, ‘बच्चा सहितको चितुवा अलि धेरै आक्रामक हुन्छ । यससँग जोगिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४