Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफू निर्वाचित भए तलब भत्ता नलिने धवलशमशेरको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार धवलशमशेर राणाले आफू निर्वाचित भए तलब भत्ता नलिने घोषणा गर्नुभएको छ ।

बुधबार बिहान बाँकेको डुडुवामा निर्वाचन प्रचारका क्रममा सांसदमा निर्वाचित भए त्यस बापत पाउने ८०–९० हजारको तलव भत्ता नलिने घोषणा गर्नुभएको हो ।

यस अघि दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा पनि तलब भत्ता नलिएका राणाले तलब भत्ता बापत आउने रकम जनताकै सेवामा लगाउने बताउनुभयो । आफू सेवा गर्नका लागि राजनीतिमा आएको भन्दै तलब भत्ता नखाने बताउनुभयो ।

नेपालगञ्जको मेयर हुँदा राणाले मासिक रूपमा आउने ४२ हजार रुपैयाँ तलब र ८ हजार रुपैयाँ भत्ता हरेक महिना सामाजिक कार्यमा लगाउनु भएको थियो ।

जसपाका मोहम्मद इस्तियाक राईसँग प्रतिष्पर्धामा रहेका राणालाई नेकपा एमालेले समर्थन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४