Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्पोर्टिङ इलामका सीईओ पियुष फिफा डिप्लोमा कोर्सका लागि छनोट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १५ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पियुष बहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन्चालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट भएका छन् ।

विश्वभरबाट ४० जना मात्र सहभागी हुने यस कोर्षमा न्यौपाने छनोट भएको स्पोर्टिङ इलामले विज्ञप्तीमार्फत जनाएको छ । विज्ञप्तिमा लेखिएअनुसार विश्व फुटबलमा नाम चलेका जुआन माटा, जोन टेरी, टिम काहिल, फर्नान्डिन्हो, कार्ली लोयड, लगायत खेलाडी पनि सहभागी हुनेछन् । फिफाले सहभागीमाझ एकआपसमा अनुभव आदानप्रदानसँगै फुटबलमा सन्तुलित वातावरण निर्माण गर्न यस कोर्षले सहयोग पुर्याउने विश्वास राखेको छ । यस कोर्षमा नेतृत्व र व्यवस्थापनसँगै खेल रणनीति, युथ एकेडेमी लगायत विषयमा अध्ययन गराइने उल्लेख गरिएको छ ।

१६ महिना चल्ने यस कोर्ष पूरा गर्न सहभागीले ७ राष्ट्रको यात्रा गर्नेछन् । अमेरिकाको न्यूयोर्कमा पहिलो मोड्युल समाप्त भइसकेको छ । अब कोर्षको अर्को मोड्युल कतारमा र त्यसपछि जापान, ब्राजिल, इजिप्ट र स्पेनमा हुनेछ । कोर्षको समापन भने स्विटजरल्यान्डस्थित फिफाको मुख्यालयमा हुनेछ ।

विश्वभरका क्लब अफिसियल मध्यबाट आवेदनमार्फत् विभिन्न चरणको छनोटपछि अन्तिम ४० जनाको नाम कोर्षमा छानिएको हो । झन्डै ४ सय जनाको आवेदन र ३ महिनाको छनोट प्रक्रिया पार गरेर नेपालको प्रतिनिधित्व गर्न पाउँदा न्यौपानेले खुसी व्यक्त गरे । ‘फिफाको प्रतिष्ठित कोर्षमा अवसर पाउनु खुसीको विषय हो । विश्व फुटबलका ठूला नामसँग अध्ययन गर्दाको अनुभव संगाल्न आतुर छु । त्यहाँ पढे लेखेको कुरालाई नेपाली फुटबलमा प्रयोग गर्न म तत्पर छु,’ न्यौपानेले भने ।

फिफा क्लब म्यानेजमेन्ट डिप्लोमा कोर्षको यो दोस्रो संस्करण हो । यसअघि पहिलो संस्करणमा फाबियो कानाभारो, नुनो गोमेस, कार्लोस बोकानेग्रा, फिलिपे सेन्डेरस लगायत ४० जनाले कोर्ष पूरा गरेका थिए । न्यौपाने अफिसिअल लिभरपुल स्पोर्टर्स क्लब नेपालका (ओएसएलसी) संस्थापक पनि हुन् । उनी लगायतले सन् २००७ मा ओएसएलसीको स्थापना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४