काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।
लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च गएकी थिइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् ।
सरकारी लाभको पदमा रहेका व्यक्ति चुनावमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ । रिटमाथि सुनुवाईका लागि मंगलबार लागि पेशी तोकिएको छ ।