Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से दोहोरो अंकले बढ्यो, वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १४ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । तिहार र छठमा १ साता बन्द भएको सेयर बजार सोमबारदेखि खुलेको हो ।

सोमबार बजार परिसूचक नेप्से १६.३९ अंक (०.८८ प्रतिशत) ले वृद्धि भएर १८७४.८७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ ४.९३ अंकले वृद्धि भएर ३७०.८६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै विकास बैंक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । प्रथम त्रैमासिक वित्तीय विवरणमा केही बैंकको नाफामा उल्लेख्य वृद्धि भएसँगै सेयर मूल्य पनि बढेको छ । जसले गर्दा बैंकिङ उपसूचक नै १.५२ प्रतिशतले बढेको छ । विकास बैंक उपसूचक भने ०.३९ प्रतिशतले गिरावट भएको छ ।

सोमबार बजार परिसूचक नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने खासै बढ्न सकेन । सोमबार नेप्सेमा २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार हुँदा ६९ करोड ७३ लाख १८ हजारको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ६ करोड १७ लाख २१ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार र नबिल बैंकको ३ करोड ८० लाख २६ हजारको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा ११० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६५ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

जसमध्ये सयपत्री हाइड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेपाल एसबिआई बैंकको ८.२४ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत, एनआईसी एशिया बैंकको ६.८० प्रतिशत, एभरेष्ट बैंकको ५.५७ प्रतिशतले सेयर मूल्य बढेको छ । प्रथम त्रैमासको वित्तीय विवरणले एसबिआई एनआईसी एशिया, एभरेष्ट बैंककको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यता अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशतले गिरावट हुँदा रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ६.५८ प्रतिशत र अभियान लघुवित्तको सेयर मूल्य ४.७१ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४