Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप नगरपालिकाको विभिन्न वडामा एमालेको वृहत् भेटघाट र घरदैलो अभियान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १३ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन अब २२ दिन मात्रै बाँकी छ । यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त छन् । सबै राजनीतिक दलका उम्मेदवार पार्टीका नेताहरूलाई साथमा लिएर घर दैलो कार्यक्रममा व्यस्त छन् ।

नेकपा एमाले रामेछाप प्रदेशसभा क का उम्मेदवार शान्ति प्रसाद पौडेलले चुनावी अभियानका क्रममा रामेछाप नगरपालिकाको विभिन्न वडाका मतदाताहरूसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । शनिवार पौडेलले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका मतदाताहरूसँग भेटघाट गर्नुभएको छ ।

उम्मेदवार पौडेलसँगै मतदाता भेटघाट अभियानमा बागमती प्रदेश कमिटीकी सदस्य एवं समानुपातिक तर्फ प्रदेशसभा सदस्यकी उम्मेदवार माया कार्की, एमाले रामेछापका अध्यक्ष एवं समानुपातिक तर्फ प्रदेशसभा सदस्यका उम्मेदवार आनन्द श्रेष्ठ, प्रदेशसभा सदस्यकी समानुपातिक उम्मेदवार हर्क माया माझी, जिल्ल कमिटी उपसचिव होतराज ढकाल लगायतका नेताहरू हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४