Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुलुकको विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक : ढुङ्गेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १३ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले एमालेलाई किन भोट हाल्नुपर्छ भन्ने कुरा मतदातालाई भनिरहनु नपर्ने बताउनुभएको छ । नेकपा एमालेले शनिवार दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वारामा आयोजना गरेको चुनावी भेटघाट तथा कोण सभा कार्यक्रममा बोल्दै ढुङ्गेलले देश, लोकतन्त्र, विकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न आवश्यक रहेको बताउनुभयो ।

‘देशको विकास, व्यवस्थाको रक्षा, समृद्धि र सामाजिक सुरक्षाको लागि सूर्य चिन्हमा भोट हाल्नु पर्ने ढुङ्गेलको भनाइ छ । मुलुकलाई नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालकै माटोमा सुख, शान्ति र समृद्धि खोज्नु पर्ने बताउँदै ढुङ्गेलले त्यो दिन काम एमालेले मात्र गर्न सक्ने बताउनुभयो । त्यसको सुरुवात एमालेले गरेको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेका उम्मेदवारलाई धेरै ज्येष्ठ नागरिकले आसिरवाद दिएको बताउँदै उहाँहरूको ५ हजार रुपैँया सामाजिक सुरक्षा भत्ता बुझ्ने इच्छा नेकपा एमालेले पूरा गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले एमालेका उम्मेदवार एमालेका मात्र होइन लोकतन्त्र, शान्ति र समृद्धि चाहने सबै पार्टीका मतदाताका उम्मेदवार भएको प्रष्ट पार्नुभयो । सूर्य चिन्ह सबै नेपालीको साझा चिन्ह भएको ढुङ्गेलले बताउनुभयो ।

हिजो के भयो कसो भयो भन्ने कुरा छाडेर देश बनाउने अभियानको लागि एमालेलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । उम्मेदवार प्रतिनिधि पात्र मात्र भएको बताउँदै सबै नेपाली जनता एमालेका उम्मेदवार र नेता भएका उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४