Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महोत्तरीमा सवारी दुर्घटना बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १२ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन ।

साउन यता मात्र १६ जनाको मृत्यु भएको छ भने ३ दर्जनभन्दा बढी दुर्घटना भएका छन् ।

जिल्लाको पूर्व–पश्चिम राजमार्ग, सम्सी सडक खण्ड र औरही–जलेश्वर सडक खण्डमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

असोज महिनामा मात्र १० जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ । तीव्र गति, मदिरा सेवन जस्ता दुर्घटनाका मुख्य कारक रहेको ट्राफिक कार्यालयका प्रमुख उदय सिंह सिजापतिले बताउनुभयो ।

साउन महिनामा ३ जना र भाद्र महिनामा पनि तीन जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्यासमेत बढी रहेको छ ।

मृत्यु हुनेहरुमा दुई जना महिलाबाहेक अधिकांश पुरुष छन् । असोज महिनामा मात्र दुर्घटनामा परी दुई जना महिलाको मृत्यु भएको छ ।

दुर्घटना कै कारण २२ जना गम्भीर घाइतेसमेत भएका छन् । साउन महिनामा ७ जना, भदौ महिनामा ९ जना र असोज महिनामा ६ जना गम्भीर घाइते भएको कार्यालय प्रमुख सिजापतिको भनाइ छ ।

प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही प्रक्रिया समेत तीव्र बनाएको छ । तर, दुर्घटना न्यूनीकरणमा भने खासै प्रभाव परेको देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४