Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव जित्ने गठबन्धन र एमालेकाे यस्तो छ हिसाब किताब रामेछापमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ११ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धन (सत्ता गठबन्धन) र नेकपा एमालेका उम्मेदवारहरुले निर्वाचन जित्नको लागि आ–आफ्नो रणनीति बनाएर अघि बढेका छन् । चुनावी अभियानलाई तीब्रता दिएका गठबन्धन र एमालेका उम्मेदवारहरुले जित्ने आ–आफ्नै दावी प्रस्तुत गर्दै जनतासँग मोट माग्ने अभियानमा जुटेका छन् ।

सत्ता गठबन्धनबाट नेपाली रामेछापका जिल्ला पार्टी सभापति पूर्ण बहादुर तामाङ “कान्छाराम” यस पटक प्रतिनिधिसभाको उम्मेदवार छन् । गत निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार बनेका कान्छाराम तत्कालिन बाम गठबन्धनसँग थोरै मतले पराजित भएका थिए । गत निर्वाचनमा एक्लै चुनाव लडेको कांग्रेसले यस पटक माओवादीको साथ पाएको छ ।

गत चुनावमा बाम गठबन्धनबाट माओवादीका श्याम कुमार श्रेष्ठ “कुशल” प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यस पटक स्थानीय तहको निर्वाचनमा रामेछापमा तेस्रो पार्टी बन्न पुगेको माओवादीले संघ कांग्रेसलाई छोडेर दुई वटा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छ । विगतमा निर्वाचन जितको स्थानमा आफूहरुले नै पाउनु पर्ने दावी माओवादीले राखेपनि अन्तिम समयमा संघको टिकट कांग्रेसले लिएको थियो । संघको प्रतिस्पर्धा छोडेर माओवादीले रामेछापको प्रदेश क मा संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र प्रदेश ख मा माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलागाईलाई उम्मेदवार बनाएको छ ।

श्रेष्ठ २०६४ सालको संविधानसभा सदस्यमा रामेछापका तत्कालिन १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनी हाल माओवादी जिल्ला समन्वय समिति रामेछापको सचिवको जिम्मेवारीमा छन् । यस पटक श्रेष्ठलाई निर्वाचन जित्नका लागि कांग्रेसकै मत निर्णायक हुने देखिएको छ । स्थानीय तहको मतको तुलना गर्दा प्रदेश क मा माओवादी तेस्रो नम्बरमा रहेको छ । स्थानीय तहमा पहिलो शक्ति बनेको कांग्रेसको भोट नै श्रेष्ठले चुनाव जित्ने आधार हो ।

त्यसैगरी पहिलो पटक प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएका युवराज चौलागाई युवा नेता हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा उनले उम्मेदवार दावी गरेपनि अन्तिम समयमा आएर टिकट पाएका थिएनन् । यस पटक पनि उनले प्रतिनिधिसभा सदस्यको लागि रामेछापबाट उम्मेदवारी तयारी गरेका थिए । तर संघ कांग्रेसको भागमा परेपनि यस पटक उनले रामेछाप प्रदेश ख बाट उम्मेदवारी दिएका हुन् । प्रदेश ख मा सुनापति गाउँपालिका र दोरम्बा शैलुङ माओवादीले जितेको छ । यी दुई गाउँपालिकाबाट आउने भोटलाई नै उनले जितको आधार बनाएका छन् । चौलागाई चुनाव जित्न कांग्रेसको मत नै निर्णायक मानिएको छ । विगतमा माओवादी एक्लैले चुनाव जित्ते आधार रहे पनि पछिल्लो समय माओवादीको सांगठानिक अवस्था एक्लै चुनाव जित्न नसक्ने बनेको छ । सबै भन्दा बढी मतदाता रहेको मन्थली नगरपालिका माओवादी तेस्रो शक्ति हो । खाँडादेवी गाउँपालिकामा भने एमालेको वर्चश्व रहेको छ । गठबन्धन रहेको रहेको कारण कांग्रेसले इमान्दार भएर मत दिएको अवस्थामा सहजै निर्वाचित जित्ने आकंलन माओवादीले गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार हाल रामेछापको आठ वटा स्थानीय तह र ६४ वटा वडामा गरी १ लाख ८३ हजार मतदाता रहेका छन् । जस मध्य एक लाख ५ हजारको आसपासमा मत खस्ने अनुमान गरिएको छ । स्थानीय तहको तुलनामा मंसिर ४ मा हुने निर्वाचनमा कम मत खस्ने पूर्व अनुमान गरिएको छ ।

यस पटक रामेछापको संघतर्फ एमाले रामेछापका जिल्ला इन्चार्ज कैलाश  प्रसाद ढुंगेलले उम्मेदवारी दिएका छन् । विगत लामो समयदेखि निर्वाचन लडदै आएका ढुंगेल गत निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेश ख बाट निर्वाचित भएका थिए । बागमती प्रदेशको सांसद बनेका ढंगेलले लामै समय प्रदेशका अर्थ मन्त्रीको रुपमा काम समेत गरे । उनले विगत लामो समयदेखि राजनीति गर्दै आएको प्रदेशको अर्थमन्त्री हुँदा रामेछापको विकासमा उल्लेखनिय काम गरेको विषयलाई चुनाव जित्ने आधार बनाएका छन् । उनले पार्टीको सांगठानिक अवस्था बलियो भएको र गठबन्धनभित्रको असन्तुष्टिलाई आफ्नो पक्षमा पारेर निर्वाचन जित्ने रणनीति बनाएका छन् ।

एमालेबाट प्रदेश क का लागि उम्मेदवारी दिएका शान्ति प्रसाद पौडेल निवर्तमान प्रदेश सांसद हुन् । उनी पनि गत निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित भएका थिए । यस पटक भने कांग्रेस र माओवादीबीच बनेको गठबन्धनसँग चुनावमा प्रतिस्पर्धा गर्दैछन् । बागमती प्रदेशका पूर्व पर्यटन मन्त्री समेत बनेका पौडेलले आफूले अहिलेसम्म रामेछापवासीको सेवा गरेको र पार्टीको सांगठानिक अवस्थाको साथै जनताको साथ रहेको विषयलाई चुनाव जित्ने आधार बनाएका छन् ।

एमालेबाट प्रदेश सभा ख का उम्मेदवार बनेका मिलन कुमार घिसिङ नयाँ अनुहार हुन् । उनी नेकपा एमाले जिल्ला कमिटीको सदस्यको रुपमा २०६८ सालदेखि हालसम्म काम गर्दै आएका छन् । लामो समयदेखि जिल्लामा सामुदायिक विकास समाजको नेतृत्व गर्नेदेखि लिएर विभिन्न संघ सस्था र दुई पटक गैर सरकारी महासंघको केन्द्रीय सदस्य भएर काम गरेका घिसिङले पार्टीको संगठन र विगतमा आफूले गरेको कामको आधारमा चुनाव जित्न सकिने बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४