Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको घोषणापत्र शनिबार सार्वजनिक गरिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ११ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) शनिबार (भोलि) सार्वजनिक हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा, महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने भएको छ । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।

घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ । कांग्रेसको घोषणापत्रका लागि वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका छन् ।

यसअघि ७ कात्तिक सार्वजनिक गर्ने भनिएको उक्त घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४