Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फुट्यो चितवनको भुइँकटहर समूह, भीमबहादुर लगायतले छाडे जगन्नाथको साथ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई सर्मथन गरेको भन्दै नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ पौडेल समूहमा फुट आएको छ । जगन्नाथ पौडेल र शम्भु अर्यालहरु एकातिर उभिएका छन् भने पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेल अर्कोतिर भएका छन् ।

चितवन क्षेत्र नं. ३ मा उम्मेदवार उठाउने विषयमा यो समूहभित्र विवाद देखिन्छ । यो समूहबाट खरेल चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्न चाहन्थिन, तर मेयरमा बागी उठेर हारेका जगन्नाथ पौडेलले नै उम्मेदवारी दिएपछि मिना खरेल, कृष्णलाल सापकोटा र भिमबहादुरहरू असन्तुष्ट बनेका छन् ।

मेयरमा उठेको अनुहार नै संघिय निर्वाचनमा पनि उठ्दा राम्रो सन्देश नजाने भएकोले चेन्ज गरौं भन्दा नमानेपछि आफूहरु त्यहाँ रहन उपर्युक्त नभएको खरेलले बताइन् । ‘पौडेल सल्लाहमा नचलेको र सधैं आफूले मात्रै अवसर पाउनुपर्छ भन्ने मत राखेपछि त्यसमा रहन सकिएन’ नेता खरेलले भनिन्, ‘छँदा खाँदाको महासमिति सदस्य पद त्याँगेर जोखिम उठाएको त मैले हो नि ! मेयरमा उठ्दा पूर्वसभापति कृष्णलाल सापकोटा प्रस्तावक र मिना खरेल सर्मथक बसेका थिए । भूईंकटहर चुनाव चिन्ह पाएका पौडेलले १४ हजारभन्दा बढी मत ल्याएका थिए ।

संघीय निर्वाचनमा पौडेलले अरुलाई नै प्रस्तावक र सर्मथक राखेर उम्मेदवारी दर्ता गराए । उनी भने रहरले नभई सबैले भनेर उम्मेदवार बनेको तर्क गर्छन् । ‘समूहको बैठकमा मिनाजी लगायतका सबैले तपाईंले नै उम्मेदवारी दर्ता गर्नुस् भन्नुभएर म उठेको हो । अहिले कुरा फेर्नुभएको छ, मेरो सामुन्ने भन्नसक्नुप¥यो,’ नेता पौडेलले भने, ‘मिनाजी नै उठ्न चाहेको भए त बैठकमा भनेको भए छाडिहाल्थे नि ! मेरो कुनै रहर पनि थिएन ।

भरतपुर महानगरको मेयरमा खर्च विवरण नबुझाएका पौडेलले ७ लाख ५० हजार जरीवाना तिरेर असोज २३ गते उम्मेदवारी दर्ता गरेका छन् । उनको पक्षमा तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल र अर्का नेता आनन्दराज राउत छन् । स्थानीय तहको निर्वाचन भूईंकटर चुनाव चिन्ह पाएका पौडेलले यसपटक सूर्यमुखीको फूल चुनाव चिन्ह लिएका छन् । ‘मैले गर्दा भूईंकटर चुनाव चिन्ह हिट भयो, अर्कोले नै पार्टी दर्ता गरेर लिएछन्, पौडेलले भने, तर मेरो एजेण्डा र मैले लिएको नीति हेरेर मत दिने हो । पौडेलसहित कांग्रेसको असन्तुष्ट भनिएका सबै नेता चितवन क्षेत्र नं. २ का वासिन्दा हुन् ।

  • अब दिनेशलाई सर्मथन

जगन्नाथ पौडेलसँग असन्तुष्ट बनेको समूहले कांग्रेसका बागी दिनेश कोइरालालाईसर्मथन गर्ने भएको छ ।

उनलाई एमालेले पनि समर्थन गरेको छ । ‘हामीले हिजो उठाउँदै आएको एजेण्डा आज दिनेशले बोकेका छन्, उनलाई ठूलो पार्टीले समेत सर्मथन गरेकोले हामीले पनि सर्मथन गरेर जाने कुरा भएको छ’ नेतृ खरेलले भनिन्, ‘जगन्नाथजीले पनि उम्मेदवारी निश्कृय पारेर दिनेशलाई सर्मथन गर्दा राम्रो हुन्छ ।’

पौडेल भने दिनेशलाई सर्मथन गर्ने पक्षमा छैनन् । दिनेश कोइरालालाई एमालेले किन सर्मथन गर्‍यो भन्ने कुरा स्पष्ट नभएसम्म सर्मथन गर्ने भन्ने कुरो नआउने पौडेलले बताए । ‘एमालेले कांग्रेसको एक सांसद थप्न किन सर्मथन ग¥यो यो त प्रस्ट खुल्न प¥यो’ उनले भने, ‘दिनेश र ओलीका बीचमा के सहमति भा’छ, त्यो प्रस्ट हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४