Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ८ २०७९
  • 2.7K
    SHARES

चितवन । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको छ ।

गत भदौमा आगोमा पोलिएका बिरामीको निःशुल्करूपमा पहिलो पटक शल्यक्रिया गरी छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले जानकारी दिए ।

जिल्ला कै बुलिङटार-४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोले पोलेको दाहिने हातमा छाला प्रत्यारोपण गरिएको हो । सार्कीको हातको कुहिनो (एल्बो) एरियामा पोलेको थियो ।

जनरल सर्जन डा. अर्चन घिमिरे, डा. कमलराज न्यौपाने, डा. जितेन्द्र कण्डेलको टीमले शल्यक्रियामार्फत छालाको प्रत्यारोपण गरेको थियो ।

विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उनको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले बताए ।

डढेको भाग पहिले जस्तै हुने भएपछि खुसी भएको तुलबहादुरले बताए । उनकी श्रीमती पदमकुमारी सार्कीले पोलेको घाउ कसरी सच्चो होला भनेको त छाला समेत राम्रो हुन्छ भन्ने थाहा पाउँदा खुसी मिलेको बताइन् ।

नवलपुर जिल्लामा सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छालाको प्रत्यारोपण गरिएकोले यसलाई थप निरन्तरता दिइने अस्पतालका जनरल सर्जन डा.अर्चन घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४