काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको छ ।
आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गर्नुभयो ।अध्यक्ष लिङदेनले निर्वाचनमा पनि पटक पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरूले नै दुःख पाउने बताउनुभयो । कांग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्नुभयाे ।
उहाँले कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताउँदै उहाँले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने समेत दावी गर्नुभयो । अध्यक्ष लिङदेनले निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताउनुभयो ।