काठमाडौं ।भाइटीका नजिकिएसँगै बजारमा फूलको कारोबार बढेको छ । फूलखेती गरेका कृषकहरू फूल टिप्ने, माला गाँस्ने र बिक्री गर्नमा ब्यस्त छन् ।
काठमाडौंमा उपत्यकामा नजिकैका क्षेत्रबाट फूलहरू खरिद गर्ने गरिन्छ । यहाँको भक्तपुर र इचंगुनारायण क्षेत्रमा फूलखेती गरिन्छ ।
इचंगुनारायणका किसान हिजोआज बारीमा फूलेका सयपत्री फूल टिप्ने र बजारमा लगेर बेच्ने काममा ब्यस्त छन् ।
बारीभरि ढकमक्क फुलेको फूल टिपेर डोकोमा वा बोरामा राखेर किसानहरुले बजारमा पुर्याउने गरेका छन् ।




