Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले विरुद्ध गठबन्धन सेटिङमा छ : ढुंगेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ४ २०७९
  • 4.6K
    SHARES

काठमाडौं । नेकपा एमाले रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले काँग्रेस, माओवादी लगायतको गठबन्धन सत्ताको आडमा एमाले विरुद्धको सेटिङमा लागेकोले यस तर्फ सचेत रहन कार्र्यकर्तालाई सचेत गराउनु भएको छ ।

बुधवार सदरमुकाम मन्थलीमा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रचार एवं जनसङ्गठनहरूको सामुहिक भेलालाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढुङ्गेलले यस्तो कुरा बताउनुभएको हो ।

निर्वाचनको मुखमा रामेछापका जनतालाई हरियो घाँस देखाउँदा पछि लाग्ने बाख्रा जस्तो ठानेर गठबन्धनका उम्मेदवारहरु पैसाको धोक्रो बोकेर हिँडिरहेको भन्दै नागरिक हरुलाई कम्जोर नठान्न पनि आग्रह गर्नुु भयो । उहाँले सहभागि कार्यकर्ताहरुलाई पार्टीमा कुनै गुनासा भए सबै खाले गुनासाहरुलाई थाति राखेर निर्वाचनमा लाग्न पनि आग्रह गर्नु भयो ।

उहाँले कसैसंग कुनै पनि कारणबस गुनासाहरु पनि हुन सक्छन् । तर ति सबै गुनासाहरुलाई मङ्सिर ४ पछि मात्र छलफल गर्न सकिन भन्दै पार्टि र राष्ट्रको प्रतिष्ठा संग जोडिएकोले सबै कुराहरूलाई छाडेर निर्वाचनको महासंग्राममा लाग्न पनि आग्रह गर्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली बनाउने मिसन र भिजन एमाले सँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई निर्वाचन जित्न कुनै समस्या नरहेको भन्दै उहाँले उक्त कुराहरुलाई नेता कार्यकर्ताहरुले गाउँमा गएर बुझाउन पनि निर्देशन दिनु भयो ।

विगतमा आफु जन प्रतिनिधि र मन्त्री हुँदाको अनुभबका आधारमा गाउँपालिकाको ६४ वटा वडाका नागरिकलाई सम्बोधन हुने गरि कार्य योजना आफूले बनाएको भन्दै उक्त योजनामा साथ दिन पनि कार्यकर्तालाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४