Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन पैसाको पोको बोकेर हिँडिरहेको छ : ढुङ्गेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २ २०७९
  • 3K
    SHARES

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश प्रसाद ढुङ्गेलले काँग्रेस, माओवादी लगायतको गठबन्धन अहिले पैसाको पोको बोकेर हिँडिरहेको बताउनुभएको छ । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रचार एवं जनसङ्गठनहरूको भेलालाई सम्बोधन गर्नुहुँदै ढुङ्गेलले यस्तो बताउनुभएको हो ।

रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार ढुङ्गेलले रामेछापका जनतालाई हरियो घाँस देखाउँदा पछि लाग्ने बाख्रा जस्तो ठानेर गठबन्धनका उम्मेदवार पैसाको पोका बोकेर हिँडिरहेको बताउनुभयो ।

अहिलेको सत्तारुढ गठबन्धन प्रहरी प्रशासन, कर्मचारी सेटिङ र पैसा प्रयोग गरेर एमालेका विरुद्धमा रहेकाले यसको विरुद्धमा उत्रन नेता कार्यकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो । पार्टीमा कुनै गुनासा भए मङ्सिर ४ पछि छलफल गर्न सकिने भएकाले अहिलेको यो निर्वाचन युद्धमा सबै कुराहरूलाई छाडेर एक भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

समृद्ध नेपाल, सुखी नेपाली बनाउने प्रस्ट मिसन र भिजन एकलेसँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई निर्वाचन जित्न कुनै समस्या नरहेको उहाँले बताउनुभयो । दुई नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा वडाका नागरिकलाई भेट्ने गरी आफूले योजना बनाएकाले उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४