Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपलाई थप समय हिरासत राख्न अनुमति लिने प्रहरीको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ । अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा मात्र पहिलो पटक अदालत उपस्थित गराइएको थियो । सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो । दोस्रो पटक थपिएको म्याद मंगलबार सकिँदैछ । ‘आज (मंगलबार) सरकारी विदा परेको छ, त्यसैले बुधबार अदालत हाजिर गराउँछौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरसँग भने, ‘अनुसन्धान अझै बाँकी भएकाले फेरि म्याद थप गर्न समय माग्छौं ।’

दोस्रो पटक म्याद थप हुँदा सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीहरुले थपिएको म्यादपछि मुद्दा दर्ता होस् भन्ने चाहेको बताएका थिए । तर प्रहरीले घटनामा अनुसन्धान नसकिएको बताएको छ । र, थप समय हिरासतमा राख्न अनुमति लिने तयारी गरेको छ ।

  • इजलासमा सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

कानूनतः प्रहरीले २४ दिनसम्म लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले यो अवधिमा सरकारी वकिलको उपस्थितिमा लामिछानेको बयान लिएको छ । त्यसमा उनले जाहेरवालासँग घुम्न गएको र सँगै बसेको स्वीकारेका छन् । यद्यपि, जबरजस्ती करणीको अभियोग चाहिँ अस्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार लामिछानेले पीडित भनिएकै किशोरीको आग्रहमा आफूहरु घुम्न गएको पनि दाबी गरेका छन् । पीडित किशोरी लामिछानेकी ‘फ्यान’ थिइन् । त्यसैको फाइदा उठाएर उनले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।

जाहेरी दिएलगत्तै प्रहरीले किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराएको थियो । लामिछाने चाहिँ त्यसबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमाइकामा थिए । पक्राउ पूर्जी जारी भएपछि उनलाई क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । एक महिनासम्म अमेरिकामा लुकेका उनी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि आत्मसमर्पण गर्ने भन्दै २० असोजमा काठमाडौं फर्किएका थिए । त्यसै दिन प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४