Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन ।

यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ ।

तर, सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन नहुने निगमले विज्ञप्तिमार्फत प्रष्ट्याएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ ।

जसअनुसार निमगलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ नोक्सानी छ । तर, निगमलाई पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मटितेलमा ३८ रुपैयाा ५८ पैसा र हवाइ इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तराष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रतिलिटरमा नाफा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४