Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निःशुल्क हेलिकप्टरबाट यात्रा गराउने “कान्छाराम”को भनाई !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३१ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । चुनावको बेला उम्मेदवारले मतदाता प्रभावित पार्न हल्का फुल्का आश्वासन दिनु सामान्य हो । तर रामेछापमा सत्ता गठबन्धनका एकजना उम्मेदवारले मतदातालाई आफूतिर आकर्षित गर्न हेलिकप्टरबाट निःशुल्क यात्रा गराउने आश्वासनसमेत दिन भ्याएका छन् ।

गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति पुर्णबहादुर तामाङ (कान्छाराम)ले गरीव दुःखीलाई विरामी पर्दा काठमाडौं लैजान आफूले व्यक्तिगत खर्चमा हेलिकोप्टर किनिसकेको बताएका छन् ।

उनले अब रामेछापका विरामीलाई आफ्नो हेलिकोप्टरले तत्कालै उद्दार गर्ने आश्वासनसमेत दिएका छन् । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ३ को चिलाउनेमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार कान्छारामले आफूले हेलिकप्टर भाडामा लिँदा धेरै खर्च गर्नुपरेकाले अब प्राइभेट हेलीकप्टर किनेको बताएका छन् ।

कान्छाराम “क” वर्गका ठेकेदार हुन् । उनी दोस्रोपटक चुनावी मैदानमा छन् । यसअघि वाम गठबन्धनसँग पराजित भएका कान्छाराम यसपटक माओवादीको समर्थनमा चुनाव लड्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४