Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक्लै निर्वाचन लड्ने तागत एमालेसँग मात्रै छ : ढुङ्गेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 2.9K
    SHARES

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले एक्लै निर्वाचन लड्ने तागत अब यो मुलुकमा नेकपा एमालेसँग मात्रै भएको बताउनुभएको छ । नेकपा एमाले गोकुलगंगा गाउँपालिका कमिटीको निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रमलाई शनिवार सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य ढुङ्गेलले यस्तो बताउनुभएको हो ।

ढुङ्गेलले एक्ला एक्लै निर्वाचन लड्ने हो भने प्रत्यक्ष तर्फ रहेको १६५ सिट मध्य १२५ सिट एमालेले जित्ने दाबी गर्दै एमालेसँग डराएर काँग्रेस माओवादी केन्द्र लगायतका दलले गठबन्धन गरेको बताउनुभयो । एमालेका विरुद्धमा अरू सबै राजनीतिक शक्तिहरू सारा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू, पैसा सबै प्रयोग गरेर लागेको उहाँको आरोप छ । एमालेलाई निर्वाचन जित्न माधवकुमार नेपाल, झलनाथ खानाल लगायतका समूहहरूले कुनै प्रभाव नपार्ने उहाँको भनाइ छ।

केन्द्रीय सदस्य ढुङ्गेलले रामेछापको हाइड्रोपावरको उत्पादनलाई वृद्धि गर्ने, जडिवुट्टीको प्रशोधन र बजार व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । नागरिकको जीवन स्तर र आयआर्जन सँग जोडिएका धेरै कुराहरू गर्न बाँकी रहेकाले यो सब नेकपा एमालेले गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४