Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेविसंघले आगामि निर्वाचनमा युवा बिद्यार्थी परिचालन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेविसंघ रामेछापले आगामि मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि युवा बिद्यार्थीलाई परिचालन गर्ने निर्णय गरेको छ । शनिवार मन्थलीमा नेविसंघ रामेछापका उपसभापति विमल पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधी सभाको सदस्यका उम्मेदवारका रुपमा आफना पार्टि सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशसभा (क) का उम्मेदवार तारानारायण श्रेष्ठ, प्रदेशसभा (ख) का उम्मेदवार युवराज चौलागाई लाई विजयी गराउन नेविसंघले चुनाव केन्द्रित युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले मंसिर ४ को निर्वाचनका लागि साझा उमेद्वार तोकेर आई सकेकोले उक्त निर्वाचनको तयारीका लागि सबै पालिका र मतदान केन्द्र लक्षित युवा तथा बिद्यार्थीलाई परिचालन गरेको छ । नेविसंघले आफ्नो–आफ्नो पालिकाका बिद्यार्थीलाई गाउँ–गाउमा गएर मतदाता शिक्षा दिन, चुनाब प्रचारप्रसार गर्न र बुथ सुरक्षा गर्न युवा विद्यार्थी परिचालन गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी बैठकले निर्वाचनको अभियान लगतै नेविसंघ रामेछापको संगठन विस्तार गरेर पालिका, क्षेत्र, जिल्लाको अधिबेशन थालनी गरी अधिबेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको नेविसंघका उपाध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४