Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आचार संहिता पालना नहुनु र उल्लङ्घन गर्नेलाई कार्बाहिको दायरामा ल्याउन नसकेको प्रति सरोकारवालाहरुको चिन्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 4.1K
    SHARES

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन आयोगले जारी गरेको आचार संहिता जिल्लामा पालना नहुदा र उल्लङ्घन गर्नेलाई कार्वाहिको दायरामा ल्याउन नसकेको प्रति रामेछापका सरोकारवालाहरुले चिन्ता गरेका छन् ।

आइतवार रामेछापको मन्थलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले आयोजना गरेको आचार संहिता पालना सम्वन्धी अन्कृया कार्यक्रमका अबसरमा जिल्लामा आचार संहित उल्लङ्घनको घटनाहरु सुरु भएको तर तिनिहरुलाई कार्वाहिको दायरामा ल्याउन नसकेको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन् ।

आचार संहिता सम्वन्धी छलफल यस अघिका निर्वाचनहरुमा पनि हुने गरेको तर कहिल्यै पनि आचार स.हिताको पालना हुने र उल्लघन गर्नेलाई कार्वाहि हुने नगरेको गुनासो पत्रकारहरुले गरेका थिए । पत्रका हिमाल ढुङ्गेलले भन्नुभयो यो विरालो बाधेर सराद्ध गरे जस्तै हो । कार्यक्रम गर्नै पर्ने भएर गरियो तर आचार संहिता पालना ठुला दलहरुबाटनै हुँदैन के कार्वाहि गर्न सक्नु हुन्छ ?

आचार संहिता उलंघनका घटनाहरु यस अघि पनि पर्याप्त रुपमा आफुहरुले सञ्चार माध्यममा ल्याउने गरको भएपनि कुनै दल वा पार्टिलाई समेत ध्यानाकर्षण पत्र लेखेको वा कार्वाहि गरेको अहिले सम्म थाहा नभएको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाघरेले आचार संहिता अनुगमन समिति सँग आक्रोस पोख्नु भयो ।

त्यसैगरी ठुला दलहरुले मनोनयन दाखिला गर्ने दिन बाजागाजा सहित मुख्य निर्वाचन कार्यालयमा आउदानै आचार संहिता उल्लघन गरिसकेको तर आचार संहिता अनुगमन समितिले केहि नगरेको ने क पा एक जिल्ला नेता झम्क कडेलले बताउनुभयो । त्यसैगरी निर्वाचनका वेला ठुला दलहरुले भोज भतेर गराउने, पैसा बड्ने दुइ वा सोभन्दा बढि सवारीसाधनहरु लिएर हिड्ने, पालिकाको कार्यालयमै पार्टिका कार्यक्रमहरु हुने, काम सुरु भैसकेकोले तत्काल अनुगमन गरी कार्वाहि गर्न नेकपा मालेका जिल्ला नेता ओम वावु पुरी ले माग गर्नु भयो ।

कार्यक्रमका असरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले सबै दलहरु इमान्दार हुने हो भने आचार संहिता उल्लङ्घन नहुने भएकाले आचार संहिता उल्लङ्घनकै कारण कार्वाहि गर्नुपर्ने बातावारण सृजना नगरिदिन पनि दलहरुलई आग्रह गर्नुभयो । सहि आचरण मा बस्नुनै आचार सहिता हो, त्यो केन्द्रिय स्तरका सबै शिर्षस्थ नेताहरु वसेर बनाउनु भएको हुँदा आफ्नै दलका नेताहरुले निर्माण गरेका आचारसंहिता जिल्लास्तरका नेता तथा कार्यकर्ताले पनि पालना गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले बताउनुभयो । उहाले भन्नुभयो– यदि यहाहरुले त्यो आचारसंहिता मान्नु हुन्न भने कार्वाहि हुन्छ ।

मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा नेपाली काँग्रेका सुमन्त कार्की, नेकपा एमालेका होतराज ढकाल, रा प्र पा का शिवजी घिमिरे , पत्रकार रमेश ढुंगेल, मिलन बिक, नवराज श्रेष्ठ, अप्रिल अधिकारी, टंकनाथ गौतम लगाएतले आचार संहिता पालना सँग सम्बन्धित र निर्वाचनका बिषयमा आ-आफ्ना धारणा राख्दै बिभिन्न सुझावहरु दिएका थिए ।

सो अबसरमा निर्वाचन अधिकारी मधुकर कुमार साह ले हाल उमेद्वारहरुले पालना गर्नु पर्ने आचार संहिता र हाल सम्मको निर्वाचन तयारीका वारेमा जानकारी गराउनु भएको थियो ।

आगामी मंसिर ४ गते ९६ वटा मतदान स्थल बाट १ लाख ८० हजार १ सय ६ जनाले मतदान गर्ने पनि साहले सो अबसरमा बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४