Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस र माओवादीको गुलाम बन्न मैले उम्मेदवारी दिएको होइन : झम्क कँडेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 3.3K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीबाट रामेछाप प्रदेशसभा ख का उम्मेदवर झम्क कँडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउनु भएको छ । अहिलेको सक्ता गठबन्धनको गद्दारीका विरुद्ध आफूले उम्मेदवारी दिएकाले आफ्नो उम्मेदवारी फिर्ता नहुने उहाँको भनाइ छ ।

नेपाली काँग्रेसले गठबन्धन भित्रबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन असोज ३१ गतेसम्मको समय दिएको छ । माओवादी केन्द्र र नेकपा एकीकृत सामावादीले पनि गठबन्धनका विरुद्ध परेका बागी उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गराउने प्रयास गरिरहेको छ । समाजवादीबाट रामेछाप प्रदेश ख का उम्मेदवार कँडेलले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गुलाम बन्न आफूले उम्मेदवारी नदिएको बताउनुभयो ।

आफ्नो पार्टी, गठबन्धन जस्ता जुनसुकै निकायबाट जस्तो सुकै कुरा आए पनि आफ्नो उम्मेदवारी कायमै रहने उहाँको भनाइ छ । ‘बरु पार्टीले गर्ने जस्तो सुकै कारबाही भोग्न तयार छु, तर उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुँदैन’, उहाँले भन्नुभयो । नेकपा माओवादी केन्द्रले रामेछापको दुवै प्रदेश निर्वाचन क्षेत्र नछाडेपछि रामेछाप प्रदेश क मा दाबी गर्दै आएको नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो उम्मेदवार बनाएको छ।

समाजवादीले प्रतिनिधिसभा सदस्य तर्फ पार्टी पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज देवशङ्कर पौडेल, प्रदेशसभा सदस्य क मा जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र प्रदेश ख मा पार्टी केन्द्रीय सदस्य झम्क कँडेललाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४