Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुहारी यादबको ज्यादती बिरुद्ध कठायत परिवारद्वारा पत्रकार सम्मेलन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २८ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । रामेछाप बुहारी बिनु यादबले गरेको हर्कत बिरुद्ध मन्थलीका ब्यवसायी पवन कठायतका परिवारले पत्रकार सम्मेलन गरेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै कठायत परिवारले बुहारी यादबले घरमा गएर परिवारमाथी हातपात गरेको भन्दै आफ्नो परिवारको सुरक्षाको माग गर्दै पत्रकार सम्मेलन गरेका छन् ।


कठायत परिवारले पत्रकार सम्मेलन गर्दै भने घरमा आफ्नो किराना पसल भएको र पसलमा एक्कासी आएर प्रदिप कठाएत अर्थात उनका श्रीमानलाई हातपात गरे । दाईलाई हात पात गरेपछी छुटाउन जादा दुइ वटी बहिनीहरुलाई र प्रदिपकी आमा तारा कठायतलाई पनी हातपात गरे । त्यसै समयमा उनी आफै बिहोस भएर ढले कठायत परिवारले भने ।

बुहारी यादपको कारण आफुहरुको ज्यू ज्यानको सुरक्षा नभएको भन्दै उनिहरुले आफुहरु असुरक्षीत रहेको बताएका छन् । कठाएत परिवारले भने परिवार सबै भएको अवस्थामा घरमा गएर हातपात गर्न सक्नेले कुन ठाउमा कस्लाई के गर्छ भन्ने ग्यारेन्टी नभएको बताएका हुन् । बिमल कठायतले भने ३ बर्ष अघि छोराको बिबाह भयो । बिबाह भएदेखी घरमा तनाब शुरु भयो । मिलेर बस्न नसक्ने अवस्था आएपछी अदालतमा छोटपत्रको लागी माग छोराले गरे अदालतले छोटपत्र गरिदिए ।

अदालतको फैसलापछी भाई पवन कठाएतलाई जवरजस्ती करणीमा उजुरी दिए र भाइलाई प्रहरीले हिरासतमा लियो । अदालतले बिहिबार धरौटीमा छोड्ने भनि आदेश दिए संगै आज घरमा गएर हात पात गर्यो । यस्तो हर्कतको कारण आफ्नो परिवार त्रसीत भएको भन्दै आफुले न्याय पाउनु पर्ने बताएका छन् ।


त्यस्तै गरी प्रदिपकी एक बहिनीले भने यादबको हर्कतका कारण आफु काठमाण्डौ बसेर पढ्ने बातावरण सम्म बन्न नसकेको कारण घरमा बस्न परेको रुदै भनिन् । उनले भनिन काठमाण्डौमा बस्दा कस्ले के गर्छ भन्ने डर भएको कारण आफुले पढाइ छाड्न परेको भन्दै दुखेसो पोखिन । प्रदिप कठायतले भने मलाई पसलमा बसिरहेको अवस्थामा एक्कासी आएर हातपात गर्यो । आफ्नै घरमा अथवा पसलमा बसिरहेको अवस्थामा त हातपात गर्छ भने भोली बाहिर जाने कसरी कहाँ के गर्छ भन्न नसकिने भन्दै आफ्नो र परिवारको ज्यु ज्यानको सुरक्षा हुन पर्ने बताएका छन् ।


कठायत परिवारले गरेको पत्रकार सम्मेलनमा एक्कासी आइपुगेकी बिनु यादबले भने आफुलाई प्रदिप कठायतले भेट्न आउ बसेर सल्लाह गरौं भनेपछी आफु काठमाण्डौं देखी मन्थली आएको तर मन्थली आएपछी फोन गर्दा कठायत फोन सम्पर्कमा नआएपछी घरमा भेट्न पुगेको बताइन् । उनले भनिन घरमा भेट्न पुगे लगतै आफुले नभई कठायत परिवारले आफुलाई हातपात गरेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४