Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा विकास र परिवर्तनका लागि पत्रकार मोहन कार्कीको प्रतिनिधि सभामा उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २८ २०७९
  • 4.8K
    SHARES

काठमाडौं । रामेछाप जिल्लामा यतिवेला राजनीतिक पार्टीहरु मंसिरमा हुने निर्वाचनको लागि लागि परेका छन् । तर विगतमा नै टेस्टेड भईसकेका नेताहरुले नै टिकट लियर युवापुस्तालाई निरास पारेको हुनाले रामेछापमा सवैभन्दा सर्घषवाट अनुभव बटुली पत्रकारिता क्षेत्रमा सफल भईसकेका मोहन कार्कीको नेतृत्वमा उम्मेद्धारी दर्ता गरेपछि रामेछापका देश बिदेशमा रोजगारको सिलसिलामा रहेका युवाहरुले मोहन कार्कीलाई नैतिक समर्थन गर्दै युृवा नेता एन.बि.  कार्की र युवा नै रहेका सुरेश बस्नेत, ओमबाबु पुरीको टिमलाई नै रामेछापमा जिताउन र समानुपातिकवाट उद्धवलाल श्रेष्ठलाई जिताउन युवाहरु तातेर लागेका देखिन्छन् ।

हामीलाई यो समाचार बनाई दिन र प्रचारमा सहयोग गर्न मलेसियामा रहेका रामेछापका युवाहरुले फोन गरेर मोहन कार्कीको नेतृत्वलाई हशिया तारामा मतदान गरी रामेछापको भविष्यलाई साथ दिन भनेका हुन् । सोही आधारमा हामीले रामेछापमा नेकपा (माले)का जुझारु युवा समाजसेवी पत्रकार मोहन कार्कीलाई जिताउन युवाहरुले जोड गरेको देखिएको हो ।

  • को हुन कार्की ?

रामेछापको साविकको ठोसे गा.वि.स. वाडन.८ डाडा गाउँमा जन्मिएका मोहन कार्की कक्षा ३ सम्म बुद्ध प्रा.वि. कक्षा ६ सम्म शारादा मा.वि. ठोसेमा अध्ययन गर्दागर्दै गरिवी र अभाववाट कक्षा ६ पढ्दा दाउर बेचर स्कुल गएको कार्कीकै फेसबुक आइडीमा भेटिन्छ उनको सघर्ष त्यतिमा मात्र सिमित नरहेर अवसर खोज्न काठमाडौ गई पत्रिका बेच्ने हक्क्रको रुपमा काम गर्दै केही पैशा बचायर काठमाडौको नक्सलास्थित नन्दी रात्रि मा.वि.मा कक्षा ७ मा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका थिए त्यस स्कुलमा पढ्ने वातावरण देवकी पौडेल रामेछापका पुर्व संसद देव शंकर पौडेलको धर्मपत्नीले मिलाईदिनु भएको थियो रे कार्कीले नन्दी रात्रि मा.वि. वाट नै एसएलसी गरेका थिए । भने कार्कीले काठमाडौको पशुपति बहुमुखी क्याम्पसवाट प्लस टु गरेका हुन् भने ब्यचलरको अध्ययन आर आर क्यापसमा गरेका हुन् ।

  • कार्कीको राजनीतिक पृष्ठभुमि

मान बहादुर कार्की अर्थात मोहन कार्कीका बुबा नेपाली काँग्रेस पार्टीवाट वडा सदस्य समेत थिए । उनलाई बुबाको राजनीतिक अवस्था धेरथोर थाहा थियो । त्यही बुबाको राजनीतिकवाट नै प्रभाव भएको अनुमान लगाउन सकिन्छ । तर उनले बुबाले आवद्ध भएको नेपाली काँग्रेस भएपनि काकाको छोरा त्यतिवेला अनेरास्वियु पाचौ अर्थात मालेको विद्यार्थी संगठनमा लोकध्वज कार्कीले २०४८ सालमा मोहनलाई ८ बर्षको उमेरमा नै अनेरास्वियुको सदस्य दिएका थिए । तर त्यतिवेला खासै राजनीति नबुझेका कार्कीले जव काठमाडौमा आइ नन्दी रात्रि मा.वि.मा पढ्न थाले सोही समयमा रामेछापका अर्जुन कार्की र नामगेल शेर्पाले नन्दी रात्रिमा पुगेर विद्यार्थी संगठन बनाउन गरेको आग्रह्लाई मोहन कार्कीले नर्कान सकेनन् र अनेरास्वियु पाचौको प्रा.क अध्यक्ष भएर काम गर्न थाले सो संगठनको काम गर्दै जादा जोडिदै काठमाडौमा पत्रिका बेच्दै आफ्नो पढाई खर्च जुटाउन थालेको कार्कीेले सोही बर्ष नै प्रगतिशील बिक्रेता संघको सचीव भएर आफ्नो सांगठानिक अनुभव बटुल्न थालेका थिए । उनले सम्झने गरेका छन् जति पसिना नेपाली धर्तीमा पोखिएको छ त्यतिनै मेरो अनुभव यो नेपाल देशलाई काम लाग्छ । तर नेपालको राजनीति बिकृत छ । त्यो राजनीतिलाई सफा नगरेसम्म सम्भव नभएको बताउने गरेका छन् । त्यो बिकृतिलाई सफा गर्न आट गरेको छु उनि भन्छन् ।

कार्कीले नेकपा मालेको बिभिन्न जनबर्गीय संगठनमा कुशलतापुर्वक कार्यसम्पादन गर्दै आएका छन् । २०६२÷६३ को आन्देलन पछि बनेको २०६५ सालमा नेपालका उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा सफत खाएपछि नेकपा (माले) पार्टीको जनबर्गीय संगठन विद्यार्थीमा रहेका कार्कीले हिन्दीमा सफत खानु नेपालको राष्ट्रियता माथि नै आच आएको भनेर उपराष्ट्रपति निवासमा नै भौतिक आक्रमणमा उत्रिएर कारवाही गर्ने नेतृत्व समेत गरेका थिए । तर त्यो माले पार्टीले स्वीकृत नदिएको हुनाले राष्ट्रिय मुक्तिसेना नामक संगठन बनायर सचेतना कारवाही गरेको बिभिन्न सञ्चारमाध्यमलाई कार्कीले दिएको अभिब्यक्तिवाट भेटिन्छ । उनले त्यतिवेलाका उपराष्ट्रपति परमानन्द झाको निवासमा बम प्रहार गरेको बिषयमा १७ महिना बन्दी जीवन समेत ब्यतित गरेका छन् ।

कार्की हाल नेकपा (माले)को केन्द्रीय सदस्य केन्द्रीय प्रचार विभाग सदस्य, प्रगतिशील युवासंघको उपाध्यक्ष रहेका छन् । भने नेकपा (माले) पार्टीको रामेछाप–दोलखा जिल्लाको ब्युरो इन्चार्ज समेत रहेका छन् ।

  • मेहनतमा विश्वास गर्ने कार्कीको अठोट

कार्कीको नेतृत्वमा प्रकाशन हुदै आएको जन आकाश राष्ट्रिय साप्ताहिकले नेपाली समाजमा सत्य तथ्य पस्कदै निरन्तर जनतालाई सुसुचित गर्दै आएको छ । भने जनआकाश मिडिया प्रा.लि.का अध्यक्ष पनि मोहन कार्की नै रहेका छन् ।

उनले भन्ने गरेका छन् । नेपालमा सम्भावना नदेखेर लामो लाईन लागेर युवाहरु विदेश गईरहेको बेला नेपालमा बसेर नेपालको प्रुचुर सम्भावना भएका क्षेत्रहरुलाई नेपालमा पनि सम्भावना छ । नेपालको विकास नेपालीहरुले नै नगरे कहिल्यै विकास हुदैन । युवाहरुले आट नगरे पुराना तरिकाले देशको विकास हुदैन भन्दै बिभिन्न स्वतन्त्र फोरमहरु समेत सञ्चालन गरेर नेपाली समाजलाई जागृत गर्दै आएका छन् ।

उनले नेपाल बन्द जस्ता नकरात्क कुराहरु गर्नुहुदैन । बिद्रोहको नाममा मानिस माथि आक्रमण गर्नुहुदैन । ताकी हरेक बिद्रोहले नेपालीको एकतालाई फुट ल्याउछ भनेर तर्क पेश गर्दै आएका छन् । कार्कीको नेतृत्वमा अन्तर पार्टी युवा सञ्जालले देशभरी छरिएर रहेका युवाहरुले उम्मेद्धारी दिएका ठाउँहरुहमा समेत युवाहरुलाई प्रोत्साहन गर्न पहल गरिहरेको छ ।

यसरी देशकै नीति बनाउन सक्ने क्षमता भएका कार्कीलाई रामेछापका सवै खालका मानिसहरुले समर्थन गर्ने आकलन गर्न थालिएको छ । बाहिरी रुपमा नभनेपनि ठुला भनिएका नेपाली काँग्रेस नेकपा (एमाले) समर्थित सवैको मनमा कार्की जतिको रामेछापमा प्रतिनिधिसभाको उम्मेद्धार अरु नरहेको जिल्लामा चर्चा चल्न थालेको छ ।

चर्चा जतिकै व्यवहारमा रामेछापका जनताले मतदान कार्की उठेको चुनाव चिन्ह हशिया तारामा दान गरेभने देशको लागि अनुभवि नेतृत्व रामेछापवाट प्राप्त हुनेछ । कार्कीलाई जन आवाज मिडिया हब  तथा जन प्रहार डटकमको तर्फवाट पनि बिजय हाशिल गर्न शुभकामना छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४