Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सञ्चारमाध्यममा आचारसंहिता पालना भए नभएको अनुगमनबारे आयोगले काउन्सिललाई लेखी पठाउने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २८ २०७९
  • 4K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको छ ।

आयोगको असोज २८ गतेको बैठकले सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकोले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता, आमसंचारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको नियमित अनुगमन गर्ने बारे सो निर्णय गरेको हो ।

आयोगको निर्णय

(क) सञ्चारमाध्यमहरुको अनुगमन प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भित्र पर्ने विषय भएकोले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता (धारा १७ (क)) तथा आमसंचार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको नियमित रुपमा अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने |

(ख) पत्रकार आचारसंहिता, २०७३ को दफा ९ (१) मा रहेको प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको अनुकूल हुने गरी प्रत्येक सञ्चारमाध्यमले आफ्ना लागि आचारसंहिता बनाई सोको स्वनियमन र स्वमूल्यांकन गर्ने छन् भन्ने व्यवस्था बमोजिम सञ्चारमाध्यम तथा सञ्चारकर्मीले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमन सम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमहरुलाई आव्हान गर्ने र सोको लागि आवश्यक व्यवस्था गर्न गराउन प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने |

(ग) पत्रकार आचारसंहिता, २०७३ को दफा १२ मा प्रेस काउन्सिल नेपालले निर्वाचनका क्रममा पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गर्न सक्ने प्रावधान रहेकोले सो अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गरी सोको एक प्रति आयोगमा उपलब्ध गराउन प्रेस काउन्सिल नेपाललाई लेखि पठाउने।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयन गर्न सोही ऐनको दफा २३ बमोजिम आयोगले विज्ञहरु समेत रहेको संयन्त्र निर्माण गर्न सक्ने प्रावधान रहेको छ | सो व्यवस्था बमोजिम आयोगले निर्माण गर्ने संयन्त्रले आन्तरिक प्रयोजनका लागि संचारमाध्यममा प्रकाशित तथा सामाजिक संजालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति जाँचबुझ तथा अनुगमन गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा आयोगले प्रचलित कानून बमोजिम गर्न गराउन लेखी पठाए बमोजिम आवश्यक कारवाही गरी सोको जानकारी आयोगमा गराई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवम् विश्वसनीय तुल्याउने आयोगको प्रयासमा सोही ऐनको दफा ७ बमोजिम सहयोग गर्न सोही ऐनको दफा ४० बमोजिम प्रेस काउन्सिल, नेपाललाई निर्देशन दिने |

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४