काठमाडौं । नेपाली कांग्रेस रामेछापका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्णबहादुर तमाङ्ग (कान्छाराम)ले मिठो बोलेर मात्र नहुने भन्दै शुद्ध मनले जनताको सेवा गर्नू पर्ने बताएका छन् । मंगलबार जन प्रहार डट.कम संग कुरा गर्दै धेरै नेताहरु मिठा र चिल्ला भाषण गर्ने तर समाजिक समस्याका बारे ध्यान नदिने भन्दै मिठो बोल्ने र नागरिकलाई अनावश्यक आश्वसन दिन नहुने बताएका हुन् ।
सरकारको ढुकुटीबाट लगानी गरेर गरेको कामलाई आफुले गरेको भन्दै प्रचार गर्नेको पछी नलाग्न समेत उनले नागरिकलाई आग्रह गरेका छन् । आफु निर्वाचित भएको अवस्थामा ७७ जिल्लाको सबै भन्दा ठुलो बजेट जिल्ला ल्याउन सक्ने बिश्वास आफु संग पनी भएको कांग्रेस उम्मेरदवार तामाङ्गले बताएका छन् । आफु थोरै बोल्ने तर बोलेको काम जसरी पनी पुरा गर्ने गरेको भन्दै मिठो र चिप्लो बोल्नेको पछी नलाग्न आग्रह गरेका छन् ।
समाज सेविका रुमा पहिचान बनाउन सफल भएका नेपाली कांग्रेस रामोछाप जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्ण बहादुर तामाङ्ग (कान्छाराम)ले जनतासँग मिठो बोलेर मात्र नहुने भन्दै रामेछापका नागरिकको समस्या समाधानका लागि शुद्ध मनले सेवा गर्नुपर्ने बताएका छन् । चुनावका बेला मिठो भाषण गर्ने ,नागरिकको लागि सिन्को नभाच्ने र नागरिकका विषयमा भन्दा पनि आफ्ना लागि मात्र सोच्ने नेताले चुनाव जितेपनि रामेछापको नागरिकले केहि परिबर्तन भएको कहिलै देख्न नपाउने बताएका छन ।
तमाङ्गले २०७४ सालमा भएको प्रतिनिधि सभामा पनी आफु निर्वाचनमा उम्मेरदवार बनेको र सो समयमा बोलेको कुरा आफु पराजित हुदा समेत पुरा गरेको बताएका छन् । उनले भने मेरो भ्रम छड्ने बानी छैन म जे बोल्छु त्यो पुरा गर्छु । यस भन्दा अघि बोलेको कुरा पनी पुरा गरेको छु । अरु नेताले जस्तो चुनाबको बेला बोल्ने र चुनाब जिते पछी बेवास्ता गर्ने बानी छैन् । त्यसकारण मंसिर ४ गते हुने निर्वाचनमा मलाई नागरिकले साथ दिने छन भन्नेमा बिश्वस्त छु तमाङ्गले भनेका छन् ।
तमाङ्गले यस अघि जिल्लामा पटक पटक गरि १४ वटा एम्बुलेन्स , १ वटा शववाहन ब्यक्तिगत लगानीमा रामेछाप र रामेछापका नागरिकलाई आफुले सहयोग गरेको बताएका छन् । त्यस्तै गरी कोराना महामारीका बेला निशुल्क ६ महिना सम्म दैनिक एम्बुलेन्स सुविधा उपलब्ध गराएको बताएका छन् । आफु निर्वाचनमा पराजित भएपनी ब्यक्तिगत रुपमा रामेछापका विभिन्न स्थानमा सडक निर्माण गर्नुका साथै मर्मत गरेर नागरीकको पक्षमा काम गरेको बताएका हुन् । त्यस्तै रामेछापका नागरिकको स्वास्थ्य उपचारका लागि काठमाण्डौं मेडिकल कलेजमा २५ प्रतिशत छुटको समेत व्यवस्था मिलाएका छन् ।
तमाङ्गले भने ब्यक्तिगत रुपमा गरेको सहयोगले जिल्लाको समग्र बिकास सम्भब नभएकोले अब आफुले चुनाब जित्नै पर्ने बेला आएको बताएका छन् । आफ्नो पनी केही कम्जोरी भएको होला नहोला भन्न नसक्ने भन्दै आफु निर्वाचित भएपछी कमिसनको खेलमा योजना हाल्ने र कमिसन माग्ने काम नगरी आवश्यक्ताको पहिचान गरेर बिकास गर्ने बताएका छन् । ब्यवसायको भएका केहि प्राबिद्यिक समस्यालाई ल्याएर राजनितिमा जोड्न नहुने भन्दै आफुले राजनितिक रुपमा रामेछापका कुनैपनी नागरिकलाई दुख: नदिएको बताएका छन् ।