Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नो उमेदवारलाई जिताउन कांग्रेस एकढिक्का भएर लाग्ने प्रतिवद्धता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २८ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता कार्यकर्ता गठवन्धनका उमेदवारहरुलाई बिजय गराउन उक ढिक्का भएर लाग्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठवन्धनका उमेदवारहरुलाई विजयी गराउन बिहिबार काठमाण्डौंमा रणनीतिक भेला सम्पन्न गर्दे एक ढिक्का भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काँग्रेसका प्रदेश ख का सभापति राजेश श्रेष्ठ र माओवादी केन्द्रबाट प्रतिनिधि सभाकी समानुपातिक तर्फकी उमेदवार सुनिता गौतमको पहलमा काठमाण्डौंमा भएको भेलामा दुवै दलका तर्फका उमेदवार र प्रमुख नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिनिधिसभा सदस्य उमेदवार पूर्ण वहादुर तामाङ (कान्छाराम ) र प्रदेश १(क) का तारा नारायण श्रेष्ठ र १(ख) का युवराज चौलागाईले विगतमा पार्टीले रामेछाप जिल्लामा विकास निर्माण र सामाजिक कार्यमा गरेको योगदानको आधार र दलिय घोषणा पत्रका आधारमा सहज जित हुने वताएका छन् ।

सवै साथिहरुले इमान्दारिताका साथ भूमिका निभाउने र मतदानका लागि मतदाताको घर दैलोमा पुग्दा मात्र गठवन्धनका उमेदवारको सहज जित हुने भएकाले उक्त कार्यमा एकजुट भएर लाग्न आग्रह गरेका थिए । टिकट वितरणमा असन्तुष्ट भई प्रदेश सभामा बागि उम्मेदवार हालेका माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य डिल्लीमान तामाङले जसरी पनि गठवन्धनका उमेदवारलाई विजय गराउनु पर्ने अवस्था भएकाले दुवै दलले निष्टापूर्वक भूमिका खेल्न कसर बांकी राख्न नहुने वताए । ‘मैले उमेदवारी फिर्ता लिएको मात्र हैन, गठवन्धनको तर्फका उमेदवारलाई विजयी गराउनका लागि प्रमुख जिम्मेवारी वहन गर्न सक्रिय भएर लाग्छु ’ तामाङले भेलामा सम्बोधनका क्रममा भने ।

टिकटकै विषयलाई लिएर काँग्रेसमा असन्तुष्ट समूह रहेको र तिनले काँग्रेसका उमेदवारलाई भोट नदिन सक्ने हल्ला विपक्षी दल एमालेका कार्यकर्ताले गरीरहेका बेला काँग्रेसका शिर्ष नेताहरुले काठमाण्डौंको भेलामा उपस्थिति जनाएर एकताको संन्देश दिएका छन् । टिकट वितरणका बेला पार्टीमा भएका कमिकमजोरीलाई थाति राखेर अवका दिन निर्वाचनमा एक भएर जाने कुरामा उनिहरुले जोड दिए ।

स्वास्थ्यका कारण उमेदवारी दर्ताको दिन जिल्लामा आउन नसकेका नेताहरु काठमाण्डौंको भेलामा सक्रीय सहभागिता रहेको थियो । भेलामा काँग्रेसका युवा नेता भरत प्रसाद चौलागाईले गठवन्धन भएकाले निर्वाचन जितिहालिन्छ भनेर ठुक्क भएर वस्ने भन्दा पनि सवै एकजुट भएर मतदाता समक्ष पुग्नु पर्ने वताएका छन् । ‘निर्वाचन सहज हुदैन सवैले आ आफ्नो स्थानबाट योगदान गर्नुपर्छ ’ चौलागाईले भने – पार्टी प्रति कसैको असन्तुष्टि भए निर्वाचन पछि त्यस विषयमा कुरा गरौंला ।

त्यसैगरी पूर्व जिल्ला सभापति रामचन्द्र खड्काले पार्टीले योगदानको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै टिकट जसले पाएपनि निर्वाचन जिताउनै पर्ने जिम्मेवारी रहेको वताएका छन् । खड्काले गठवन्धनको तर्फबाट उम्मेदवार भएका कान्छाराम तामाङ र प्रदेश सभाका उम्मेदवार तारा नारायण श्रेष्ठ धावा लामा तथा युवराज चौलागाईलाई जिताउने जिम्मेवारी काँधमा आएकाले त्यसका लागि आफु क्रियासिल भएर लाग्ने वताएका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ( कुशल) उमेदवारहरु पूर्णवहादुर तामाङ (कान्छारा) तारानारायण श्रेष्ठ र युवराज चौलागाई समेतले आ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४