Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप एमालेले बनायो १ सय ११ जनाको निर्वाचन परिचालन समिति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २८ २०७९
  • 4.8K
    SHARES

काठमाडौं । रामेछापमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफना उमेद्वारहरुलाई विजय गराउने अभियानमा जुटेको नेकपा एमाले रामेछापले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको संयोजकत्वमा १ सय ११ सदसिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार एवं जिल्ला इन्चार्ज कैलाश ढुंगेलको अध्यक्षमा हिजो बसेको जिल्ला कमिटीको बैठकले निर्वाचनलाई सहि र जिम्मेवार ढंगले परिचालन गर्नका लागि गठन गरेको निर्वाचन परिचालन कमिटिमा पार्टि पदाधिकारी र जिम्मेवार नेताहरुलाई पनि समाबेस गरीएको एमाले रामेछापका प्रचार विभाग प्रमुख एवं पार्टीका उपसचिव प्रकाश कुमार कार्कीले जानकारी दिनु भयो ।

कमिटीले आफनो छुट्टै बैठक गरि छलफलको आधारमा निर्वाचन संबन्धि गतिबिधी तथा कार्यक्रमको तयारी गर्नेछ । त्यसैगरि बैठकले पार्टिको प्रचार प्रसार समितिको संयोजकमा उपसचिव प्रकाश कुमार कार्की संयाजक रहने गरि ५१ सदस्यीय कमिटि पनि गठन गरेको छ । त्यसैगरि दुईवटा प्रदेशकालागि पनि छुट्टा छुट्टै निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको छ ।

जस अनुसार प्रदेश क निर्वाचन परिचालन समितिका संयोजकमा उपसचिव होतराज ढकाल, प्रदेश ख को निर्वाचन परिचालन समितिको संयाजकमा पार्टीका उपाध्यक्ष इन्द्र बहादुर तामाङलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरि निर्वाचन आफनो पक्षमा पार्न र आफना गतिविधिलाई घर घरमा पुर्याएर एमाले पार्टिको निति कार्यक्रम र भावि रणनितिका बारेमा मतदाताहरु लाई प्रशिक्षित गराउन सहजबाताबरण निर्माण गर्नका लागि युवा परिचालन समितिका संयोजकमा रविन्द्र लामाको संयोजकत्वमा युवा परिचालन कमिटि समेट गठन गरि जिम्मेवारी तोकिएको जानकारी पनि प्रचार विभाग प्रमुख कार्कीले दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४