Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप गुन्डुखोलामा बस दुर्घटना, १३ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज २४ २०७९
  • 2.3K
    SHARES

©नेत्र बहादुर कार्की ।
काठमाडौं । रामेछापको खाँडादेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको यात्रुवाहक बस आइतबार खाँडादेवी ३ भीरपानीको सित्खा नजिकै गुन्डुखोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।

घाइतेहुनेहरुमा खाँडादेवी ७ पात्लेका अन्दाजी ३४ वर्षका युबराज तामाङ,वर्ष २९ का अजय तामाङ, वर्ष २७ का सुस्मिता तामाङ,वर्ष २३ का रस्मि तामाङ,बर्ष १८ की सपना तामाङ, वर्ष ३० का रमेश तामाङ,वर्ष २४ का बास्ना घिसिङ, वर्ष २४ का बिकाश तामाङ,बर्ष ३३ का श्याम लामा,बर्ष ४२ की रिता घिसिङ,खाँडादेवि ३ बस्ने बर्ष १५ की प्रेरणा श्रेष्ठ,खाँडादेवि ७ बस्ने बर्ष २८ की सुमित्रा कार्की र बर्ष २८ का धनराज तामाङ रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ती काट्न नसकेर दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेहरूको सित्खामा उपचार भइरहेको छ । बसमा अधिकांश यात्रुहरू दसैं मनाएर काठमाडौं फर्कँदै गरेका थिए । बसमा ३० जना यात्रु सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४