Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको टिकट वितरण दशैंपछि मात्रै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 5.9K
    SHARES

काठमाडौं । नेकपा एमालेको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।

अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् । ‘दशैंको अघिल्लो दिन सधैं अध्यक्ष कमरेडले झापामा बृहत चियापान राख्ने गर्नुभएको छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको रिजालले बताए ।

अरु नेताहरू पनि दशैं मनाउन गृह जिल्ला पुग्नु भएको छ’, रिजालले भने, ‘महासचिव शंकर पोखरेल दाङ पुग्नुभएको छ भने उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवल हुनुहुन्छ ।’ अध्यक्षसहित नेताहरु नै गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दशैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने उनले बताए ।

गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको छ । तर आवश्यक परामर्श अन्य नेताहरुबाट पनि लिने निर्णय भएकाले दशैं अगाडि टिकट वितरणको सम्भावना नरहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४