Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिक तर्फको संशोधित बन्दसूची कांग्रेस र माओवादीले आयोगमा बुझाए


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 4.6K
    SHARES

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएका छन् ।

आयोगले असोज २ र ३ गते राजनीतिक दलहरुले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक बन्दसूची संशोधन गर्न आज आइतबारसम्मको समय तोकेको थियो । निर्वाचन आयोगले दिएको अन्तिम समयअनुसार कांग्रेस र माओवादी केन्द्रले संशोधित समानुपातिक बन्दसूची बुझाएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिनुभयो । मुख्यसचिव पौडेलका अनुसार पार्टीभित्र प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरूको नामबारे भएको विवाद समाधान भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी बसेर बन्दसूची संशोधन गरिएको थियो ।

कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति देउवाकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य आरजू राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाँण, प्रवक्ता प्रकाशशरण महत,पदाधिकारीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेता विमलेन्द्र निधी, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, अनील रुंगाटालगायतको नाम थियो । महिलातर्फ राणा पहिलो नम्बरमा थियो। समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई प्राथमिकतामा नराखेको भन्दै शेखर कोइराला समूह विरोधमा उत्रिएको थियो ।

सत्तारुढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको संशोधित नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सुरुको बन्दसूचीमा रहेका प्राविधिक त्रुटि सच्याएर अन्तिम नामावली बुझाएको जानकारी दिनुभयो । माओवादीको समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभातर्फ उपाध्यक्ष कृष्णबहादुर महरालगायत नेताहरू रहनुभएको छ ।

बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबाट माओवादीको समानुपातिक बन्दसूचीमा गंगानारायण श्रेष्ठलगायत पाँच नेताको नाम प्राथमिकतामा राखिएको छ । समानुपातिकतर्फको अन्तिम नामावली बुझाउने अन्तिम दिन आइतबार सबै राजनीतिक दलहरूले आ–आफ्नो समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगलाई बुझाइरहेका छन् ।

बन्दसूचीसमानुपातिक तर्फको संशोधित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४