काठमाडाैं। रामेछाप मन्त्रालयबाट भर्खरै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बिगत का प्रजिअ भन्दा फरक तरिकाको काम गर्ने लक्ष रहेको बताउनु भएको छ । सो कुरा उहाले बिहिवार प्रशासन कार्यालयमा आयोजना गरिएको सञ्चारकर्मीहरु सँग परिचयात्मक तथा आसन्न दशै तिहार,छठ र नेपाल सम्बत को अबसरमा शुभकामना आदान प्रदानका क्रममा बताउनु भएको हो ।
यहि असोज १२ गते बधवारदेखि आफ्नो जिम्मेवारी सम्हाल्नु भएका प्रजिअ रेग्मीले जिल्लामा रहेर फरक तरिकाको काम गर्न सबैको सहयोगको खाँचो रहेको बताउनुभयो । उहाले आफुले सहायक प्रजिअ देखि स्थानीय बिकास अधिकारी हुँदै गाउँपालिकामा रहेर प्रमुख प्रशासकिय अधिकृत समेतको भुमिका निर्बाह गरी धेरै अनुभब बटुली सकेकोले आफुलाई रचनात्मक काम गर्न कुनै समस्या नहुने बताउनुभयो ।
पत्रकारहरुले जिल्लाको समसामयिक अबस्था र सुधार गनुपर्ने कामका बारेमा दिएको सुझाबहरुलाई पालना गर्न प्रयास गर्ने पनि उहाले बताउनुभयो । उहाले भन्नुभयो– “तपाइहरु लमो समय देखि यहि जिल्लामा हुनुहुन्छ त्यसैले जिल्लाको बारेमा मैले तपाइहरु सँग सिक्ने हो हामी नियमति आफ्नो अनुभव आदान –प्रदान गरी काम गरौ त्यसो गर्दा कुनै काम गर्न पनि असजिलो हुन्न ।”
कार्यक्रममा सहभागि पत्रकारहरुले शुभकामना आदान प्रदान सहित लाप्चानेमा रहेको इलाका प्रशासन कार्यालय प्राय जसो बन्द हुने भएकोले त्यसलाई नियमित गर्नुपर्ने गाउँपालिकाका कर्मचारीहरुले हेलचेक्रयाई गरी कार्यालयमा लामो समय सम्म अनुपस्थित रहने गरेकोले उनीहरुको पनि छड्के अनुमगन हुनुपर्ने,राष्ट्रिय परिचय पत्र बनाउनका लागि हुनेगरेको ढिला सुस्तीलाई छिटो छरितो गर्नुपर्ने, दशैको बेलामा हुन सक्ने संम्भाबित दुर्घटनालाई न्युनिकरणका लागि नियमित चेक जाँच गरिनुपर्ने, सूचनाको हक सम्बन्धि ऐन तथा नियमावलीलाई कार्यान्वयन गरिनुपर्ने र यस बेला ब्यापारीहरुले गर्न सक्ने कालो बजारी लाई हटाउनका लागि अनुगमन लाई नियमित गर्नुपर्ने,लगाएतका सुझाब दिएका थिए ।