Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माफी नमागेसम्म ‘१० बुँदे’लाई टिकट नदिने ओलीको अडान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । नेकपा एमालेका पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चल्यो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा बारम्बार कुरा उठेको थियो ।

छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत् पार्टीमा बसेका नेताहरुको नाम आउनेबित्तिकै उनीहरुको बारेमा थप छलफल गर्नुपर्ने धारणा राखे ।

‘पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका नेताहरुलाई बिना कुनै आत्मआलोचना कसरी टिकट दिने ?’ छलफलमा ओलीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘उहाँहरुले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ ।’

एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए । त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए ।

तीमध्ये १२ जना नेता १० बुँदे सहमति गरेर एमालेमै रहे भने बाँकीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । १० बुँदे समझदारी गरेर एमालेमा बसेका नेताहरु ४ मंसिरमा हुने निर्वाचनका लागि आआफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस पनि भएका छन् । तर अध्यक्ष ओलीले पहिले नै पार्टीमा गम्भीर गल्ती गरेको हुनाले आउँदो चुनावमा उनीहरुलाई विना आत्माआलोचना टिकट दिन नहुने धारणा राख्दै आएका छन् ।

‘उहाँको मनस्थिति आफूलाई प्रधानमन्त्रीबाट हटाउन भूमिका खेल्ने नेताहरुलाई विना कुनै माफी टिकट नदिउँ भन्ने नै छ,’ एमालेका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘तर अधिकांश पदाधिकारी उहाँहरुलाई टिकट दिनुपर्छ भन्ने पक्षमा छौं, पार्टीमा विचारको विविधता हुनु राम्रो हो भन्ने हाम्रो धारणा छ ।’

ती पदाधिकारीका अनुसार १० बुँदे सहमतिमार्फत् पार्टीमा रहेका नेताहरुले अध्यक्ष ओलीसँग मौखिक माफी मागे पनि उनीहरुले टिकट पाउने सम्भावना छ । ‘तर त्यो गल्तीलाई उहाँहरुले नस्वीकारे अध्यक्षज्यूले पुनर्विचार गर्नुपर्छ भन्नुभएको छ’, ती पदाधिकारी ले भने । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार पनि बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४