Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित, हालसम्म दुईको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित भएको छ ।

फ्लोरिडाको दक्षिण पश्चिम क्षेत्रमा २४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको आँधीले विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।आँधीबाट हालसम्म दुई जनाको मृत्यु भएको बताइएको छ । प्रभावितहरूको उद्धारका लागि सेना परिचालन गरिएको क्यानडाले जनाएको छ । आँधीका कारण क्यानडाका टक्र्स र काइकोस क्षेत्र सबैभन्दा बढी प्रभावित भएको समाचारमा उल्लेख छ ।

आँधीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । आँधीको पूर्व सूचना आएसँगै अधिकांश तटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । आँधीसँगै आएको वर्षाले सडकमा क्षति पुर्‍याएको छ ।

त्यसैगरी विद्युत तथा खानेपानी आपूर्तिमा पनि समस्या आएको बताइएको छ । सुमद्री तट नजिकै रहेका घरहरूमा छाल पसेर क्षति पुर्‍याएको छ । आँधीका कारण फ्लोरिडामा सडक अवरुद्ध भएसँगै हवाइ तथा स्थलगत यातायात सेवा पनि बन्द भएको छ ।

त्यसैगरी विद्यालय पनि बन्द गरिएको बताइएको छ । विद्यालय तथा सार्वजनिक भवनहरुमा ठूलो संख्यामा सर्वसाधारणलाई राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४