Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनुषा २ मा गठबन्धनको उम्मेदवार रामचन्द्र कि रामकृष्ण ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १२ २०७९
  • 5.1K
    SHARES

जनकपुरधाम । सत्ता गठबन्धनभित्र धनुषा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको भागबन्डा सकसपूर्ण बनेको छ । सो क्षेत्र आफ्नो पोल्टामा पार्न नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच हानथाप चलिरहेको छ ।

प्रतिनिधि सभा सदस्य उम्मेदबारका लागि कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा दाबेदार छन् । जसपाले पनि भर्खरै नेकपा एमाले छाडेर आएका गंगाराम यादवलाई धनुषा २ बाटै उठाउने तयारी गरेको छ । रामकृष्ण यादव पूर्वमन्त्री र संविधानसभा सदस्य हुन् । शेखर कोइराला पक्षका उनी जसरी पनि यो क्षेत्रबाट उठ्न लागिपरेका छन् । धनुषा २ कांग्रेसको आधार क्षेत्र रहेको र आफू सबभन्दा उपयुक्त उमेदवार भएको उनको दाबी छ ।

गत स्थानीय चुनावमा यो क्षेत्रको ४१ मध्ये १९ वटामा कांग्रेस विजयी भएको थियो । कांग्रेसका यादवले यो परिणामलाई आफूले प्रतिनिधि सभाको टिकट पाउनुपर्ने मुख्य आधार बनाएका छन् । पुराना कम्युनिस्ट नेता तथा पूर्वमन्त्री रामचन्द्र झा पनि धनुषा २ मा ‘हेभिवेट’ उमेदवार मानिन्छन् । एकीकृत समाजवादीको जनाधार बलियो भएको क्षेत्र पनि धनुषा २ नै हो । मधेशका ३२ प्रतिनिधि सभा सिटमध्ये रौतहट क्षेत्र नं. १, धनुषा २ र सिरहा ४ गरी ३ वटामा मात्र समाजवादीको दाबी छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ बाट उठ्दैछन् । धनुषा-२ रामचन्द्र झाका लागि सुरक्षित गर्न समाजवादी लागेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ छाडेर धनुषा-२ समाजवादीले लिएको झाले बताए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने झा धनुषा-२ मा पराजित भएका थिए । त्यसबेला वाम गठबन्धनको माओवादी केन्द्रका उम्मेदवार रहेका उनलाई संघीय समाजवादी पार्टीका उमाशंकर अरगरियाले हराएका थिए । अरगरियाले ३२ हजार ४४, झाले १८ हजार ७१५ र तेस्रो भएका कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए ।

यसपटक अरगरिया एमालेबाट उठ्ने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४