Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा नसच्चिए विद्रोह गर्ने कोइराला पक्षकाे चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ८ २०७९
  • 3.8K
    SHARES

काठमाडाैं । संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै नेपाली कांग्रेसमा नेता शेखर कोइराला पक्षका नेताले भेला गरेका छन् । भेलालाई उनीहरुले खबरदारी सभाको नाम दिएका छन् ।

कोइराला समूहले गरेको भेलाका सहभागीहरुले सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने बताएका छन् । कार्यक्रममा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत नेताको उपस्थिति थिएन ।

केन्द्रीय सदस्यहरू प्रकाश स्नेही, अजयबाबु सिवाकोटी र प्रतिमा गौतम सहभागी हुनुहुन्थ्यो । खबरदारी सभामा प्रदेश १ सभापतिका प्रत्यासी नेता गुरुराज घिमिरे, वाग्मती प्रदेश सभापतिका प्रत्यासी नेता जगदीश्वरनरसिंह केसी, कर्णाली प्रदेश सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाही, वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेत, मनोजमणि आचार्यलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

उहाँहरुले समानुपातिक सूचीमा उम्मेदवार छनोट गर्दा सभापति देउवाले एकलौटी गरेको भन्दै अब प्रत्यक्षतर्फ उम्मेदवार छनोटमा समेत त्यस्तै प्रवृत्ति दोहोर्‍याए विद्रोह गर्ने चेतावनी दिनुभयो । वक्ताहरुले न्यायोचितरुपमा टिकट वितरण, सिट बाँडफाँटमा ४० प्रतिशत दावी गरेका छन् ।

नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवा आफैंले गरेको प्रतिवद्धताविपरीत पार्टीभित्रका प्रतिस्पर्धीलाई पाखा लगाएर अघि बढ्न चाहेको आरोप लगाउनुभयो ।

शेखर कोइरालाशेखर कोइराला पक्ष

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४