Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैतडीमा बालविवाह र सामाजिक अपराध रोकथामकाे अभियान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ८ २०७९
  • 2.6K
    SHARES

बैतडी । बैतडीका विद्यालयमा प्रहरीले सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरेकाे हाे ।साेही कार्यक्रम अन्तर्गत यहाँ विभिन्न विद्यालयमा गरी ७४ वटा कार्यक्रम सम्पन्न भएसकेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । यस कार्यक्रम अन्तर्गत जिल्लाका सबै प्रहरी चौकीबाट टोली खटेर विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन भइरहेको छन् ।

समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनिकरण गर्न प्रहरीले विद्यालयमा गएर विद्यार्थीहरुलाई सचेतना दिन थालिएको हो। सामाजिक सञ्जालको गलत प्रयोग र कानूनी व्यवस्था, लागू औषध दुर्व्यसनी रोकथाम, लैगिंक,घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ । विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनिकरण, घरेलु हिंसा,लागू पदार्थ नियन्त्रण, आत्महत्या रोकथाम लगायतका विषयमा छलफल हुने गरेको छ ।

समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउनका लागि प्रहरीले सक्रियता देखाएको हो । जिल्ला भरीमा विद्यालय र समुदायसंग समन्वय गरेर सचेतनामुलक कार्यक्रम भइरहेका हुन्। विद्यालयमा पुगेर प्रहरीले सचेतना दिने कार्यले समाजमा परिवर्तन आउनुका साथै, प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु मार्फत समाजमा हुने अपराधिक गतिविधि न्यूनिकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गत साउनदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई निरन्तता दिइएको छ।

हालसम्म घरेलु हिसा सम्बन्धि ७, बालविवाह सम्बन्धि ४, बहुविवाह सम्बन्धि ४, छाउपडी रोकथाम सम्बन्धि ३, लागू ओषध सम्बन्धि ६, लैंगिक हिसा सम्बन्धि ७, सामाजिक सञ्जाल प्रयोग सम्बन्धि १३, सवारी दुर्घटना सम्बन्धि ७, जातीय छुवाछुत रोकथाम ७, आत्महत्या सम्बन्धि ७, चोरी घटना रोकथाम सम्बन्धि ३, बालबालिकाको अधिकार सम्बन्धि ३ र दाइजो प्रथा रोकथाम सम्बन्धि ३ वटा कार्यक्रम सम्पन्न भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

#बालविवाहरोकथाम

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४