Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीका हाट बजारमा दशैंका लागि खसी–बोका


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ८ २०७९
  • 9.5K
    SHARES

काठमाडौं । सिन्धुलीका विभिन्न हाट बजारहरुमा यस वर्षको दशैंका लागि खसी–बोकाहरुको बिक्री वितरणको बजार सुरू भएको छ ।

सिन्धुलीमाडीको शनिबारे हाट, भिमान बजारको शुक्रबारे हाट, डकाहा, दुधौली लगायतका हाट बजारहरुमा खसी–बोका बजार सुरू भएको हो ।

दशैं मेलामा वली चढाउनका लागि खसी–बोका अत्याधिक बिक्री हुने गरेको छ । जिल्लाका स्थानीय हाट बजारहरुमा जिउँदो खसी–बोकाको मुल्य प्रतिकेजी ७ सयदेखि ८ सय रूपैयाँसम्म बिक्री वितरण हुँदै आएको छ ।

पछिल्लो समय सिन्धुलीका किसानहरुले व्यावसायिक रूपमा पालेका खसी बोकाहरु स्थानीय हाट बजारहरुमा बिक्री वितरण गरेर दशैं खर्च जुटाउन थालेका छन् ।

सदरमुकाम सिन्धुलीमाडी आसपास तथा महाभारत र चुरे भावर क्षेत्रमा बसोवास गर्ने स्थानीय पशुपालक किसानहरुले बाख्रा पालन गरी खसी बोकाको उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् ।

सिन्धुलीका हाट बजारहरुबाट दशैका लागि खसी–बोकाहरु काठमाडौं, पोखरा, बनेपा, धुलिखेल लगायतका क्षेत्रहरुमा निर्यात गरिने गरिएको छ ।

#खसी–बोका#दशैंसिन्धुली#हाट बजार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४