Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुवेदीलाई धम्क्याएकोप्रति नेपाल पत्रकार माहासंघको आपति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ७ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । समाचारको विषयलाई लिएर अनलाइनखबरकर्मी बिनु सुवेदीलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियकी अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

शुक्रबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी पत्रकार सुवेदीलाई एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति विरोध जनाएका हुन् ।

‘पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै महासंघले यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

‘सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो ।’ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४